बनाउँदै गरेको नेपालीकाे घरमा भारतको ‘नो कन्स्ट्रक्सन जोन’


SHARES

महोत्तरी । महोत्तरीमा बन्द गरेको जनता आवासमा भारतीय सुरक्षाकर्मीले ‘नो कन्ट्रक्सन जोन’ भन्दै रोकिदिएका छन् । दशगजाभन्दा ३० देखि ४० फिटभित्रै नेपालको भूमिलाई ‘नो कन्स्ट्रक्सन जोन’ भन्दै भारतीय सुरक्षाकर्मीद्वारा निर्माण भइरहेको घरका काम रोकि दिएका छन् ।

भारतले नेपाली भूमिमा निर्माण भइरहेको घरमा अवरोध गरेको छ । दशगजाभन्दा ३० देखि ४० फिटभित्रै नेपालकै भूमिमा बनाउँदै गरेको ३० वटा घरमा ‘नो कन्स्ट्रक्सन जोन’ भन्दै भारतीय सुरक्षाकर्मीले रोक लगाएका हुन्  । अतिविपन्न मुसहर समुदायका लागि जनता आवास कम्पनीले दुईकोठे पक्की घर निर्माण गरिरहेको थियो  । जुन जनता आवास कार्यक्रम अन्र्तगत बनिरहेको थियो ।

नेपाल सरकारले गाउँ ब्लकको जमिन भनी नापीसमेत गरिसकेर लालपुर्जा मात्र दिन बाँकी थियो  । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० मधवास्थित दशगजा र वरिपरि गाउँ ब्लककै जमिनमा बसेका ६० मध्ये मुसहर समुदायका ३० घरपरिवारले पुरानो झुपडीको साटो दुईकोठे इँटा र जस्ताले बनेको घर पाउने भएका थिए  । तर, भारतको अवरोधपछि उनीहरू निराश बनेका छन् ।

मुसहर समुदाय पुस्तौँदेखि दशगजा र गाउँ ब्लकको जमिनमा बस्दै आएका थिए  । नयाँ घर निर्माण नहुँदासम्म भारतले कुनै अवरोध गरेको थिएन  । पुरानो घर भएको जमिनमा जग खनेर निर्माण सुरु गर्ने वेलासम्म भारतीय सुरक्षाकर्मीसमेतको उपस्थिति र सहमति रहेको स्थानीयहरूको भनाइ छ  । तर, अहिले एकाएक अवरोध गरेको स्थानीयको भनाइ छ  ।

जनता आवासले मुसहर समुदायका लागि बनाउँदै गरेका भवन स्थानीय श्रीचन सदाले आफूहरूको कैयौँ पुस्ता यही भूमिमा बसेको र हालसम्म पनि दशगजाबाहेक अन्य जग्गामा भारतको अवरोध कहिल्यै नभएको बताए  । धमाधम घर बन्न थालेपछि भएको भारतको अवरोधले आफूहरू निराश बनेको उनको भनाइ छ  । भारतीय सुरक्षाकर्मीको हर्कत आफ्ना लागि असह्य भएको सदाले बताए  ।

उनले नेपाल–भारतको सीमास्तम्भबाट ३५ देखि ४० फिट जग्गा छाडेर घर बनाउन लागेको बताए  । नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीसमेतको रोहवरमा घर निर्माण सुरु भए पनि भारतीय सुरक्षाकर्मीले गत आइतबार ‘यहाँ घर बनाउन मिल्दैन’ भनेर काम रोकेको सदा बताउँछन् ।

पिलर नम्बर ३०४/२२, ३०४/२३, ३०४/२४, ३०४/२५ र ३०४/२६ को मध्यमा अवस्थित तीन कट्ठा १० धुर जग्गामा निर्माण थालिएको ३० वटा घर प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालयले जनता आवास कार्यक्रमअन्तर्गत बनाउन लागेको हो ।

सहरी विकास तथा भवन कार्यालयका प्रमुख विनोद यादवले भारतीय सुरक्षाकर्मीले बन्दै गरेको घरको निर्माण रोक्नुपर्ने आधार नभएको बताए । उनले गाउँ ब्लकको जग्गा नेपाल सरकारले नापीसमेत गरेर लालपुर्जा वितरणका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिए । उक्त समाचार आजको नयाँ पत्रिमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २० गते, शनिबार

menu LIVE TV