सुशान्त सुसाइड : सलमान खान-करण जौहर र एकता कपुर लगायत ८ जनाविरुद्ध मुद्दा


SHARES

एजेन्सी । सुशान्तसिंह राजपूतको सुसाइड मामिला नयाँ मोडमा पुगेको छ । आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा कानुन व्यवसायी सुधीर कुमार ओझाले बलिउडका चार स्टारसहित ८ जनाविरुद्ध मुद्दा हालेका छन् ।

करण जौहर, संजय लीला भन्साली, सलमान खान, एकता कपूरसमेत अन्य चारजनाविरुद्ध बिहारको मुजफ्फरपुर अदालतमा मुद्दा परेको छ । भारतीय न्युज एजेन्स्ी एएनआइले आइपिसीको धारा ३०६, १०९, ५०४ र ५०६ अनुसार मुद्दा परेको जनाएको छ ।

कानुन व्यवसायी सुधीर कुमार ओझाले भनेका छन्, सुशान्तसिंह राजपूतलाई पछिल्ला ७ फिल्मबाट हटाइएको थियो । उनले अभिनय गरेका केही फिल्म रिलिज भएका थिएनन् । सुशान्तलाई आत्महत्याका लागि अन्तिम कदमको रुपमा बाध्यपार्ने काम भएकाले मुद्दा दर्ता गरेको बताएका छन् ।

बलिउडमा घरानीयाका छोरा छोरी जस्ता भएपनि हिरो हिरोइन हुने तर आम मानिसले बलिउडमा राम्रो काम गर्न थालेमा सबैले बहिष्कार गर्ने परम्परा नै छ । करण जौहर सुशान्तको आत्महत्यापछि सबैभन्दा धेरै आलोचित भएका छन् ।

नायिका कंगना रनावतले सुशान्तको आत्महत्यालाई प्लाण्डमर्डर भनेर टिप्पणी गरेकी छन् । भारतमा घरानीया अभिनेताहरुको चर्को आलोचना भएको छ ।

आफ्नो परिवारको अयोग्य भएपनि योग्य ठान्ने बलिउडका नाम चलेका अभिनेता, निर्माता, अभिनेतृविरुद्ध आलोचना सुरु भएको छ । शेखर कपुरले पनि बलिउडको परम्पराले उनलाई आत्महत्याका लागि बाध्य पारेको बताएका छन् । त्यस्तै विवेक ओबरोयले पनि सुशान्तको पीडा ठूलो भएको भन्दै बलिउडका घरानियाविरुद्ध प्रतिक्रिया दिएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV