बलिउडमा सल्किएको ‘नेपोटिजम’ आगो


SHARES

  • लोक गुरुङ

हालै एक भारतीय अभिनेता सुशान्त सिंह राजपुतले गरेको आत्महत्याका कारण यतिबेला भारतीय सिने उद्योग बलिउडमा नेपोटिजम्को बहस सल्किएको छ । सामाजिक सञ्जालहरुमा केही दिन ट्रेण्डिङमै पुग्ने गरी सल्किएको यो आगो कसरी टुंगिन्छ ? अनुमान गर्न गाह्रो छ । अहिले त यति भन्न सकिन्छ, यो मुद्धाले परिवारवादका कारण अहिले स्टार कहलिएका कलाकारहरु निशानामा छन्, अझै धेरैलाई यो पोल्ने निश्चित जस्तै छ ।

सुशान्त भारतीय सिने उद्योगमा धेरै संभावना बोकेका कलाकारको रुपमा लिइन्थ्यो । विहार पटनाको मध्यम वर्गीय परिवारदेखि बलिउड सिने उद्योगसम्म उनको गरेको यात्रा लोभलाग्दो थियो । तर ३४ बर्षको उमेरमा जीवनलाई आफैले त्याग्ने उनको फैसला अप्रत्यासित थियो नै, धेरैका लागि कल्पना बाहिरको कुरा थियो ।

आमिर खानको गजनी फिल्ममा काम गरिसकेको अभिनेत्री जिया खानले बर्ष दिन अगाडि मात्र जीवन त्यागेकी थिइन् । त्यसैले बलिउण्ड सिने उद्योगमा आत्महत्या गर्ने सुशान्त पहिलो पनि होइनन् र आखिरी पनि हुने छैनन् ।

तर, सुशान्तको आत्महत्याले बलिउडमा विभिन्न कोणबाट बहस छेडिएको छ । विशेष गरी बलिउडमा जरा गाडेर बसेको परिवारवाद अर्थात नेपोटिजम् विरुद्ध अहिलेको बहस केन्द्रित छ । यही नेपोटिजम् र गु्रपिजमले सशान्तलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै प्रोडक्सन हाउसहरु तारोमा छन् ।

बलिउडमा नेपोटिजम्
भारतीय सिने उद्योग परिवारवादमा टिकेको छ भन्दा फरक पर्दैन् । कुनै एक फिल्म कलाकारले पाएको मेहेनेत र लोकप्रियता व्याज उनको पुस्तौ पुस्तौसम्म खाइरहन्छन् । कपुर, भट्ट, खान खानदानको कब्जामा वलिउड नाचिरहेको छ भन्ने विभिन्न तथ्यले देखाउँछ । गत वर्ष प्रदर्शनमा रहेको उनै सुशान्तको फिल्म छिचोरेले १ सय ४७ करोड भारुको व्यापार र क्रिटिक्सको रेटिङमा १० मा ८ पाउँदा उनले एउटै अवार्ड पाएन र तर चंकी पाण्डेका छोरी अनान्या पाण्डेको स्टुडेण्ट अफ दि इयर डेब्यु फिल्मबाट उनले तीन तीन अवार्ड पाइन् । जबकी यो फिल्म सय करोडको क्लबमा पुगेको समेत थिएन् ।

क्रिटिक्सको रेटिङमा समेत फिल्मले १० मा २.५ मा पाएको थियो । त्यस्तै महेश भट्टका छोरी अलिया भट्ट अभिनित गल्ली ब्वोईले जम्मा एक सय ३४ करोड भारुको व्यापार गर्यो र क्रिटिक्स रेटिङमा १० मा ४ मात्र पाएको फिल्मले १४ अवार्ड हात पार्यो । त्यसैले निडर अभिनेत्री कंगना रणावतले बलिउडमा अवार्ड किनवेच हुने खुलेरै बताएकी थिइन् ।

भारतमा परिवादमा रमाउनेहरु यतिमै सीमित रहँदैनन् । विभिन्न सम”ह बनाएर बाहिरबाट आएको राम्रो कलाकारलाई बलिउडमा टिक्न नदिने तुच्छ हर्कतहरु गरिने घटनाहरु समय–समयमा बाहिर आइरहेका हुन्छ । कुनै समय निकै चर्चित नायक विवेक ओबरोयको करिअर सलमान खानको ग्रुपिइजमका कारण सकिएको जानकारहरु बताउँछन् । गायक अरिजित सिंह लगायतको अहिले बलिउडमा नेपोटिजम् कै कारण यो किनारा लगाइएका छन् ।

नेपोटिजम् शिकार बने सुशान्त
सशुान्त भारतीय सिने उद्योगमा सबैभन्दा उदयमान कलाकार मानिन्थे । कुनै पारिवारिक पृष्ठभूमि विना टिभी सिरियल हुँदै उनले बलिउडमा आफ्नो छुट्टै छाप बसालेका थिए । क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक, छिचोरे र सोनाचिडिया जस्ता फिल्ममा उनको अभिनय जबरजस्त थियो । सुशान्तले आत्महत्या गरेकै दिन भारतीय राजनीतिज्ञ सञ्जय निरुपामले आश्चर्यजनक ट्वीट गरे ।

सुशान्तको फिल्म छिचोरे हिट भएपछि ६ वटा नयाँ फिल्म साइन गरेको तर ६ महिनामा ती सबै फिल्म एक एक गरेर हातबाट खोसिएको उनले बताएका छन । फिल्म उद्योगको निष्ठुरीता अर्को लेभलमा रहेको र यसले एक प्रतिभावान कलाकारलाई मारिदिएको ट्विीटमा उल्लेख गरेका छन् । भारतीय मिडियामा स्रोतको हवला दिदै धर्मा प्रोडक्सन, एसराज फिल्म, टि सिरिज, बालाजी, सलमान खान फिल्म र सजिल नाडियावाला फिल्म हाउसले ग्रुपिइजम गर्दै अघोषित रुपमा सुशान्तलाई फिल्म नदिने निर्णय गरेका थिए ।

अन्य प्रोडक्सन हाउसलाई समेत नदिने दबाव दिएको बताइन्छ । यतिसम्म कि भारतमा हुने सेलिब्रेटीको कुनै पार्टीमा समेत सुशान्तले कसैले बोलाउदैनथे । नेपोटिजम् समुहबाट उनी पटक पटक अपमानित हुने गरेका थिए । यसले सुशान्त लामो समयदेखि डिप्रेसनमा फसेको निकटस्थहरु बताउँछन् ।

परिवर्तन आउन कठिन
बलिउडमा अहिले सल्किएको नेटोटिजम्को आगोले परिवादबाट आएका कलाकारहरु निशानामा छन् । विना कुनै क्षमता स्टार कलाकारका छोराछोरीले स्टारडम पाइरहेको भन्दै यसले क्षमतावान कलाकारलाई किनारा लगाइरहेको बताएका छन् ।

सलमान खान, करन जौहर, अलिया भट्ट, सोनम कपुर जस्ता बलिउड हस्तीहरु सवैभन्दा तारोमा छन् । उनको फिल्मलाई बहिष्कार गर्न अपिलहरु ग्रिएका छन् । अलिया भट्टको १५ लाख र करण जोहरको १० इस्टाग्राम फलोवर घटेको विवरण सार्वजनिक भएका छन् ।

सत्य के हो भने सुशान्त क्षमतावान कलाकार थिए । नेपोटिजम् कै कारण उनले बयस्क उमेरमै जिवन त्याग्ने निर्णयमा पुगे । तर हाल बलिउडमा सल्किएको नेटोटिजम् मुद्धाले केही परिवर्तन ल्याउला या बलिउड फेरी परिवारबादमै रमाउला त्यो भने आगमी दिनले नै देखाउनेछ ।

Twitter look_grg


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV