नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : यी हुन् बैठकका एजेण्डा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ३० मिनेट ढिलागरी बैठक सुरु भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुरुवातमै आ-आफ्नो धारणा राखेर बैठकको औपचारिक सुरुवात गर्ने तयारी छ ।

बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटी बैठकका सम्बन्धमा अध्यक्षद्वयले आफ्नो मन्तव्य राख्ने तय भएको छ । बैठकमा सरकारको कामका सम्बन्धमा तीनवटा विषयमा केन्द्रित भएर छलफल हुनेछ । कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा बैठकमा छलफल हुनेछ भने सरकारको काम अन्तरगत नेपालको सीमा समस्या र समाधानका विषयमा पनि छलफल हुनेछ । सरकारको कामका अन्य विषयमा पनि छलफल गर्ने तयारी गरिएको छ ।

त्यस्तै पार्टी एकताका बाँकी काम, एमसिसी र विविध शीर्षमा बैठकमा छलफल गर्ने कार्यसूची स्थायी कमिटी सदस्यलाई जानकारी गराइएको छ । बैठकमा सहभागीलाई दिइएको कार्यसूची यस्तो छ ।

लामो समयदेखि प्रतिक्षा गरिएको नेकपाको स्थायी कमिटी बैठक यसअघि दुई पटक अन्तिम समयमा स्थगित गरिएको थियो । आन्तरिक विवादको उत्कर्षमा पुगेकाले दुवै पक्षले आआफ्नो अनुकूल हुनेगरी बैठकको तयारी गरेका छन् ।


सहमति नभएपछि अध्यक्षद्वयले लिखित राजनीतिक प्रतिवेदन पेश नगर्ने भएका छन् । यी एजेण्डाका विषयमा पनि आज बिहानको अध्यक्षद्वयको छलफलका आधारमा तय गरिएको स्रोतले जनाएको छ । यसअघि वैशाख २५ र ३१ गते स्थायी कमिटी बैठक बोलाएर पनि अन्तिम समयमा स्थगित थियो ।


आफूले सफल तरिकाले सरकारको नेतृत्व गरे पनि पार्टी भित्रैबाट घेराबन्दीमा पारिएको ओलीको बुझाइ छ ।

तर, प्रचण्ड-नेपाल समूहले भने पार्टीलाई विधि र प्रक्रियामा ल्याउनका लागि सबै विषयमा छलफल हुने जनाएका छन् । प्रचण्ड-नेपाल समूहका २० जना स्थायी कमिटी सदस्यले लिखितरुपमै बैठक बोलाउन आग्रह गरे पनि विधानको अध्यक्षबाटै अवज्ञा गरिएको थियो ।

यो पनि हेर्नुस्

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता : एजेण्डामा सहमति होला ?

नेकपा स्थायी कमिटी बैठक आज : महामारीकै समयमा नेताहरुलाई राष्ट्रपतिको भोज !

नेकपा विवाद उत्कर्षमा : स्थायी कमिटी बैठक एजेण्डाबिहीन, यस्तो छ दुवै पक्षको तयारी

 

 
 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV