नेकपा स्थायी कमिटी बैठक : यस्तो छ बैठकको 'सिट प्लानिङ'



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकको सुरुवातमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राख्दैछन् ।

बैठकमा सरकारको समीक्षा, एमसिसी, सीमा समस्या लगायतका विषयमा छलफल गर्नेगरी अध्यक्षद्वयले अन्तिम समयमा एजेण्डा तय गरेका थिए ।

पार्टी कार्यालयमा नबसेर प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकको मञ्चतर्फ सचिवालयका नौ जना रहेका छन् भने हलमा एक टेबुलमा दुईजनाका दरले सामाजिक दूरी कायम गर्नेगरी सिट प्लानिङ गरिएको छ । स्थायी कमिटी सदस्य बस्ने चार लाइनमध्ये एक लाइनमा भने सानो टेबुल र कुर्सी बस्न व्यवस्था छ । जहाँ एकजना मात्रै बस्ने व्यवस्था गरिएको छ ।

अगाडि पट्टी सचिवालयका नेता बस्ने मञ्चमा अध्यक्षद्वय ओली र प्रचण्ड शोफाको कुर्सीमा टेबल राखेर बसेका छन् भने अन्य नेताहरुलाई कुर्सी र टेलबको व्यवस्था गरिएको छ ।

सचिवालय सदस्यको अग्रभागमा अध्यक्षद्वयबीचमा र दायाँबायाँ वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल बसेका छन् । त्यसपछिको लाइनमा उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र लाइनको अन्तिममा महासचिव विष्णु पौडेल बसेका छन् ।

स्थायी कमिटी सदस्यका लागि पनि सामाजिक दूरी कायम गर्नेगरी सिटको व्यवस्थापन गरिएको छ । बैठक कक्षबाहिर पनि गाडीको लाइन लागेको छ ।

यो पनि हेर्नुस्

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : यी हुन् बैठकका एजेण्डा

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता : एजेण्डामा सहमति होला ?

नेकपा स्थायी कमिटी बैठक आज : महामारीकै समयमा नेताहरुलाई राष्ट्रपतिको भोज !

नेकपा विवाद उत्कर्षमा : स्थायी कमिटी बैठक एजेण्डाबिहीन, यस्तो छ दुवै पक्षको तयारी




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV