नेकपा स्थायी कमिटी बैठक स्थगित : बैठकका सात वटा एजेण्डा तय (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११:३० सुरु भएको बैठक दिउँसो २:३० मा स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको आजको बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्षद्वयको तर्फबाट बैठकका एजेण्डा राखेका थिए । ती एजेण्डामा छलफल गरेर बैठकले विभिन्न सात वटा एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।

Posted by Suresh Kaji Shrestha on Wednesday, June 24, 2020

बैठकले पहिलोमा अध्यक्षद्वयको मन्तव्य, दोस्रोमा कोभिड १९ को रोकथाम तथा नियन्त्रण, तेस्रोमा नेपालको सीमा समस्या, चौथोमा सरकारको समग्र समीक्षा, पाँचौमा पार्टीको कामको समीक्षा तथा सांगठनिक एकीकरण, छैठौँमा एमसिसी र सातौँमा विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार बैठकमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले पार्टी, सरकार र समग्र परिस्थितिको स्वस्थ आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल गर्नुपर्नेमा जोड दिए । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको आन्दोलन, परिस्थिति, आदर्श र भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए । उनले सकरात्मक निष्कर्ष निकालैगरी सबै कमिकमजोरीलाई सच्चाउनुपर्नेमा जोड दिए । बैठक पर्सि फेरि बस्नेगरी स्थगित भएको श्रेष्ठको भनाइ छ ।

 एजेन्डा 
१.वर्तमान परिस्थिति र स्थायी कमिटीकाे बैठकका सम्बन्धमा अध्यक्षद्वयकाे संबाेधन ।
२.काेभिड-१९ काे नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा ।
३. नेपालकाे सीमा समस्या र समाधान सम्बन्धमा ।
४. सरकारकाे कामकाे समग्र समीक्षा सम्बन्धमा ।
५. पार्टी कामकाे समीक्षा र सांगठानिक एकतकाे बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
६.एममसीसीका सम्बन्धमा ।
७.विविध ।
क.रूकुम घटना
ख.नागरिकता विधेयक र
ग. संघीय संसदका सदस्यहरूकाे भत्ता ।
अर्काे दिन अागामी असार १२ गते ११ बजे पुन: बैठक बस्ने तय भएकाे छ ।

यो पनि हेर्नुस्

नेकपा स्थायी कमिटी बैठक : यस्तो छ बैठकको 'सिट प्लानिङ'

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : यी हुन् बैठकका एजेण्डा

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता : एजेण्डामा सहमति होला ?

नेकपा स्थायी कमिटी बैठक आज : महामारीकै समयमा नेताहरुलाई राष्ट्रपतिको भोज !

नेकपा विवाद उत्कर्षमा : स्थायी कमिटी बैठक एजेण्डाबिहीन, यस्तो छ दुवै पक्षको तयारी




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV