प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठक


SHARES

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट जनताको भावना अनुसार काम भएको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले राम्रो काम गरेको भन्दै सरकारको बचाउ गरे ।

एक स्थायी समिति सदस्यका अनुसार बैठकमा ओलीले भने, 'सरकारले राम्रो काम गरेको छ । जनताले यसको मूल्याङ्कन गर्छन् । जनताले प्रशंसा गरेको समयमा पार्टीभित्रैबाट कामै गरेन भनेर भ्रम फैँलाउने काम भयो । सरकारका कारण पार्टी स्थापित भएको छ । कोरोना नियन्त्रणमा पनि सरकारले प्रभावकारी भूमिका खेलेकाले जनता आशावादी भएका छन् ।'

ओलीले सरकारले गरेका कामको लामो वर्णन गर्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपालले ओली बोल्दै गर्दा प्रतिवाद गरे । उनले भने, 'जनतामा गएर सोध्नुस् । गुणगान सुन्दा सुन्दा कानै दुखिसक्यो । काम नगर्ने वर्णनमात्र गर्ने ?' नेपालले प्रतिवादन गरेपछि स्थायी कमिटी सदस्यहरु हास्न थालेका थिए ।

नेपालतर्फ हेर्दै त्यसपछि फेरि ओलीले आफ्नो मन्तव्यलाई अगाडि बढाए । उनले भने, 'पार्टी एकता गर्दा भएको सहमतिमा बहुमत र अल्पमत भन्ने थिएन । पार्टीमा बहुमतको खेति गर्नेहरुले के गरे ? पार्टी फुटको संघारमा पुगेको थियो । नेतृत्वलाई खुइलाएर भ्रममा नपरौँ ।'

ओलीले पार्टी र सरकार सामु ठूलो चुनौती भएकाले अब त्यसको सामना गरेर जानका लागि सबै एकजुट हुनुपर्ने बताए । उनले भने, 'पार्टी र सरकारसामु ठूलठूला चुनौतीहरु छन् । त्यसको सामना गरेर जानका लागि एकजुट हुनुपर्छ । केही कमीकमजोरी भएमा स्वीकार्छु । फेरि पनि सबै गम्भीर भएर अगाडि बढ्नुपर्छ ।'

यो पनि हेर्नुस्

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'

नेकपा स्थायी कमिटी बैठक स्थगित : बैठकका सात वटा एजेण्डा तय (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठक : यस्तो छ बैठकको 'सिट प्लानिङ'

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : यी हुन् बैठकका एजेण्डा

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता : एजेण्डामा सहमति होला ?

नेकपा स्थायी कमिटी बैठक आज : महामारीकै समयमा नेताहरुलाई राष्ट्रपतिको भोज !

नेकपा विवाद उत्कर्षमा : स्थायी कमिटी बैठक एजेण्डाबिहीन, यस्तो छ दुवै पक्षको तयारी


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV