नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक समीकरण बेलाबेलामा परिवर्तन भए पनि पूर्व समूहप्रति नेताहरु प्रतिवद्ध देखिएका छन् । बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकको तयारीमा नेताहरु पूर्व समूहप्रति नै प्रतिवद्ध देखिएका छन् ।

शुक्रबारदेखि एजेण्डामा छलफल हुने स्थायी कमिटीको बैठकअघि नेताहरु आआफ्नो समूहमा छलफल तिब्र पारेका छन् । सबैजना नेताहरु समूहप्रति प्रतिवद्ध नभए पनि एजेण्डा र आफ्नो अनुकुलतामा कुनै एक समूहमा लाग्ने गरेका छन् । समूहमा पनि उपसमूह देखिने गरेको छ ।

नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालका मुख्य तीन समूह सक्रिय छन् । यी समूहमा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले आफूलाई एजेण्डा अनुसार प्रस्तुत गर्छन् ।

पूर्व समूहमा क्रियाशील नेताहरुमा परिवर्तन आएको बताए पनि अन्तिम समयमा नेताहरुले आफ्नो पूर्व समूहप्रतिको मोह त्याग्न सकेका छैनन् । त्यसैले ४५ सदस्यीय नेकपाको स्थायी कमिटीका नेताहरु मुख्य तीनवटा समूहमा सक्रिय छन् । प्रचण्ड निकट सभामुख अग्नि प्रसाद सापकोटा सभामुख भएपछि एक स्थान खाली छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी समीकरणमा तीनवटा गुट सक्रिय छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालका तीनवटा गुट नेकपामा मुख्य गुटका रुपमा सक्रिय छन् ।

स्थायी कमिटीको समीकरणमा प्रचण्ड बलिया छन् । हरेक संरचनामा जस्तै तीन मध्ये दुईवटा गुट एक ठाउँ हुँदा अर्को गुट रक्षात्मक अवस्थामा पुग्छ । नेकपामा अहिले ओली रक्षात्मक अवस्थामा छन् । 

४५ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड निकट अग्नि प्रसाद सापकोटा सभामुख छन् । ४५ सदस्यीय स्थायी कमिटीमा पूर्वएमालेबाट २६ र पूर्वमाओवादीबाट १९ जना सदस्य छन् ।  

ओली समूहमा १२ जना

आजसम्मको अवस्था हेर्दा ओली समूहमा १२ जना सदस्य रहेका छन् । केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र विष्णु रिमाल ।  

प्रचण्ड समूहमा १८ जना

स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्ड समूह बलियो छ । यो समूहमा पुष्पकमल दाहाल 'प्रचण्ड', नारायणकाजी श्रेष्ठ 'प्रकाश', रामबहादुर थापा 'बादल', गिरिराजमणि पोखरेल, वर्षमान पुन 'अनन्त', टोपबहादुर रायमाझी, जनार्दन शर्मा 'प्रभाकर', पम्फा भुषाल, देव गुरुङ, हरिबोल गजुरेल, गणेश शाह, देवेन्द्र पौडेल, मातृका यादव, मणि थापा, लीलामणि पोखरेल, लेखराज भट्ट, चक्रपाणि खनाल र शक्ति बस्नेत रहेका छन् । यो समूहका बादल र भट्टले आफूहरु प्रधानमन्त्रीको राजीनामाकोमात्र विपक्षमा रहेको बताएका छन् ।

नेपाल समूह १४ जना

यो समूहमा माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम,  भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुषाल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने रहेका छन् ।

यो पनि हेर्नुस्

नेकपा स्थायी कमिटी बैठक : ओली र प्रचण्ड-नेपाल पक्षधरको यस्तो छ तयारी

बैठकको एजेण्डा यसरी भयो परिवर्तन : अख्तियारसम्बन्धी विकेयक रोकियो

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'

नेकपा स्थायी कमिटी बैठक स्थगित : बैठकका सात वटा एजेण्डा तय (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठक : यस्तो छ बैठकको 'सिट प्लानिङ'

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : यी हुन् बैठकका एजेण्डा

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता : एजेण्डामा सहमति होला ?

नेकपा स्थायी कमिटी बैठक आज : महामारीकै समयमा नेताहरुलाई राष्ट्रपतिको भोज !

नेकपा विवाद उत्कर्षमा : स्थायी कमिटी बैठक एजेण्डाबिहीन, यस्तो छ दुवै पक्षको तयारी


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २२ गते, बिहीबार

menu LIVE TV