गल्कोट समाज जापानद्वारा कँडेललाई आर्थिक सहयोग


SHARES

टोकियो । गल्कोट समाज जापानले लामो समयदेखि जापानकै एक अस्पतालमा उपचाररत बाग्लुङ जिल्ला, ताराखोला–३ का करण कँडेललाई आर्थिक सहायता प्रदान गरेको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा केही वर्ष अगाडि जापान पुगेका कँडेल कलेजोले काम गर्न छाडेपछि जापानको टोकियोस्थित अस्पतालमा उपचारत छन् ।

कँडेलको स्वास्थ्यावस्था बिग्रँदै गएको र थप आर्थिक सङ्कट पर्दै गएपछि गल्कोट समाजका अध्यक्ष दिल खत्रीले आर्थिक सहायताका निम्ति एउटा अभियान नै सञ्चालन गरेका थिए । समाजका उपाध्यक्ष डिलाराम निउरेको नेतृत्वले बिरामी र बिरामीका परिवारलाई शुक्रबार भेटी करीब रु साढे चार लाख प्रदान गर्‍यो । समाजले हाल बाग्लुङ, गल्कोट नगरपालिका–५ स्थित हरिचौरमा ‘गल्कोट आँखा उपचार केन्द्र’का लागि एउटा पक्की भवनसमेत निर्माण गरिरहेको छ । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV