अन्द्राडीबासीलाई अमेरिकाबाट डलर सहयोग


SHARES

बाजुरा । गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा वडा १ अन्द्राडी बस्तीका लागि प्राप्त आर्थिक सहयोगबाट राहत वितरण गरिएको छ ।

लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका हुन् । काठमाडौं घर भएका शेर्पाले ९५० अमेरिकी डलर सहयोग पठाएका थिए । सो रकमबाट चामल, तेल र साबुनका साथै प्रतिपरिवार रु पाँच सय वितरण गरिएको थियो । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV