तनहुँका दीपक गुरुङको युएईमा निधन


SHARES

  • मानु कोने तमु

युएई । तनहुँका दीपक गुरुङको युएईमा निधन भएको छ । रोजगारीको सिलसिलामा युएईमा रहेका गुरुङको उपचारका क्रममा बिहीबार निधन भएको हो ।

दमौली व्यास नगरपालिका वडा ४ का गुरुङ बिरामी भएपछि दुई हप्ताअघिदेखि अस्पतालमा उपचाररत थिए । उनको बिहीबार साढे २ बजे युएईको अल धैद अस्पतालमा निधन भएको हो ।

उपचारकै क्रममा गुरुङको अल धैद अस्पतालमा निधन भएको तमु समाज युएईका सांस्कृतिक विभाग उपप्रमुख किरण गुरुङले जानकारी दिए । चिकित्सकको भनाइ अनुसार, गुरुङको मस्तिष्क स्ट्रोक भएको कारणले निधन भएको हो ।

मृतक गुरुङले युएईको इमिरेट्स आयल कम्पनीमा ५ वर्ष काम गरेका थिए । त्यसपछि युएईको अवधावी नेशनल आयल निगममा काम गर्दै आएका थिए ।

मृतक गुरुङ तमु समाज युएईका भूपू सदस्य पनि हुन । मृतक गुरुङको शवलाई छिटोभन्दा छिटो नेपाल पठाउनका लागि तमु समाज युएईले पहल गरिरहेको छ । त्यसका लागि समाजका वरिष्ठ उपाध्यक्ष एवं उद्दार बिभाग प्रमुख मुनिन्द्र गुरुङले पहल गरिरहेको तमु समाज युएईका अध्यक्ष उषा गुरुङले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV