कोरोना संक्रमण अहिलेसम्मकै उच्च रफ्तारमा : पछिल्लो २४ घन्टामा 'रेकर्ड ब्रेक' संक्रमण (सूचीसहित)


SHARES

एजेन्सी । कोरोना भाइरसको संक्रमणको रफ्तार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । पछिल्लो २४ घन्टामा संसारभर कोरोना संक्रमितको संख्या झण्डै दुई लाख पुगेको छ । एकदिनमा यसअघि १ लाख ८३ हजार रहेकामा आज १ लाख ९४ हजार १ सय ९० पुगेको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।

पछिल्लो २४ घन्टामा अमेरिकामा पनि रेकर्ड ब्रेक संक्रमण देखिएको छ । अमेरिकामा एक दिनमा ४७ हजार ३ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि एक दिनमा ब्राजिलमा मात्र ५० हजार संक्रमित फेला परेका थिए । पछिल्लो २४ घन्टामा ब्राजिलमा ४६ हजार ९ सय ७ जना संक्रमित फेला परे ।

बितेको २४ घन्टामा भारतमा १८ हजार २ सय ७८, रसियामा ६ हजार ८ सय, साउथ अफ्रिकामा ६ हजार २ सय १५, मेक्सिकोमा ६ हजार १ सय ४, चिलीमा ४ हजार २ सय ९६, बंगलादेशमा ३ हजार ८ सय ६८, साउदी अरबमा ३ हजार ९ सय ३८, पेरुमा ३ हजार ७ सय ६२ र पाकिस्तानमा २ हजार ७ सय ७५ जनामा संक्रमण देखिएको छ ।

हेर्नुस् पछिल्लो २४ घन्टामा कहाँ कति ?

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV