नेकपाको तेस्रो दिनको बैठक सम्पन्न : सीमा समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड (भिडियोसहित) 


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको तेस्रो  दिनको बैठक सम्पन्न भएको छ । सीमा समस्यामा केन्द्रित रहेर भएको छलफलमा धारणा राख्ने नेताहरुले कुटनीतिक तथा राजनीतिक तरिकाले भारतसँग वार्ता गरेरै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपाको तेस्रो दिनको बैठक सम्पन्न : सीमा समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड

Posted by Nagarikkhabar.com on Saturday, June 27, 2020

आज पनि नेपालको सीमा अतिक्रमण र सीमा सम्बन्धी विषयमा केन्द्रित रहेर २१ जनाले विचार राखेका छन् ।

आजको बैठकमा देवेन्द्र पौडेल, सरेन्द्र पाण्डे, सुवास नेम्बाङ, जनार्दन शर्मा, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईँ, ईश्वर पोखरेल, लेखराज भट्ट, प्रदीप ज्ञवाली, शक्ति बस्नेत, पृथ्वीसुब्बा गुरुङ, गिरिराजमणी पोखरेल, टोपबहादुर रायमाझी, मणि थापा, घनश्याम भुषाल, योगेश भट्टराई, विष्णुपुकार श्रेष्ठ, पुष्प कँडेल र बामदेव गौतमले विचार राखेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

नेपालको सार्वभौमिकताको रक्षाका लागि नक्सा प्रकाशन गर्ने र संविधान संशोधन जस्तो ऐतिहासिक काम गरेको र त्यसलाई राष्ट्रिय एकताद्वारा भूमि फिर्ता गर्ने विन्दुसम्म पुराउनु पर्ने निष्कर्ष विचार राख्नेहरुले राखेका छन् ।

भोलि मदन भण्डारीको जन्म दिन र सोमबार असार १५ अर्थात राष्ट्रिय धान दिवस भएकाले मंगलबार बिहान ११ बजे बालुवाटारमै बैठक बस्नेगरी आजलाई बैठक सकिएको श्रेष्ठले जानकारी दिए ।

१६ गते बोल्न बाँकी सदस्यले बोल्ने र अर्को एजेण्डा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्ने तयारी भएको श्रेष्ठको भनाइ छ ।

यो पनि हेर्नुस्

नेकपा स्थायी कमिटी बैठकबाट फेरि बाहिरिए प्रधानमन्त्री ओली

नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री ओली पनि उपस्थित

सुरुवातदेखि अन्तिमसम्म : नेकपा स्थायी कमिटी बैठकमा शुक्रबार के-के भयो ?

नेकपाका स्थायी कमिटी बैठक स्थगित : १८ जना सदस्यद्वारा आफ्नो विचार प्रस्तुत (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको अर्थपूर्ण अनुपस्थिति !

नेकपा स्थायी कमिटी बैठक : दुवै पक्षका यस्ता छन् तयारी

नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?

नेकपा स्थायी कमिटी बैठक : ओली र प्रचण्ड-नेपाल पक्षधरको यस्तो छ तयारी

बैठकको एजेण्डा यसरी भयो परिवर्तन : अख्तियारसम्बन्धी विकेयक रोकियो

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV