कोरोना जन्तरबारे बिक्री कम्पनीले दियो यस्तो प्रष्टीकरण


SHARES

काठमाडौं । कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वाल ट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफूले नगरेको स्पष्टीकरण दिएको छ ।

कम्पनीका सञ्चालक विप्लव केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हल्ला बजारमा आएको तर आफ्नो कम्पनीले बिक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताए । उनले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफूले बिक्री वितरण गरेको दाबी गरे ।

केसीले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफूलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै बिक्री वितरण गरिएको बताए ।

‘म डक्टर पनि होइन, म साइन्टिस्ट पनि होइन म त एउटा व्यापारि हुँ । मलाई यसमा सर्टिफिकेसन के छ यो एफटिए एप्रुभ हो कि होइन भन्ने कुरा मैले सोधें,’ उनले भने, ‘एउटा के क्लियर हो भने यो बियोन्ड द वाल ट्रेडिङले आयात गरेको भन्ने कुरा आइराखेको छ । त्यहाँ अलिकित मिसलिड भएको देखेको छु अनि अलिकित कन्फ्युजन पनि भयो होला सायद मैले बोलेका मिडियाहरुमा । मैले सामानहरु आयात गरिएको छैन । यो अर्को पार्टीले गरेको अर्को पार्टी भनेको अर्को फर्म हो । मैले मेरो नाम जोडिएर अहिले सम्म चाइनाबाट केहीपनि आयात गरेको छैन ।’

अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी बिक्री वितरण गरेको केसीले स्पस्ट पारे ।

जन्तरले कोरोना भगाउने नभई स्यानिटइजरले हात सफा गरेजस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पस्ट पारे । उनले देशबाहिरको बजारमा चलनचल्तीमा आएको वस्तुलाई नेपालीहरुको पहुँचमा समेत होस् भन्ने उद्देश्यले मार्केटिङ गरिएको बताए ।

आयात भइसकेको वस्तु सर्टिफाइड छ भने वितरण गर्न पाइन्छ भन्ने भएर नै बजारमा ल्याइएको उनले बताए । उनले यो कार्डले मुटु, फोक्सो लगायतमा असर गर्छ भन्ने कुरा बजारमा आएको र त्यो सत्य नभएको दाबी गरे । केही हदसम्म असर गर्ने भएपनि मापदण्डभन्दा माथि नभएको जिकिर गरे । उक्त कार्ड ६०० रुपैयाँमा किनेर ६२५ रुपैयाँदेखि ७०० रुपैयाँ सम्ममा बिक्री गरेको उनले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV