एफए कपको सेमिफाइनलमा चेल्सी


SHARES

एजेन्सी । चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको क्वार्टरफाइनल खेलमा लेष्टर सिटीलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।

लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए ।

यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ ।

यसअघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV