आर्सनलको अग्रता, सेफिल्ड युनाइटेड २–१ गोल अन्तरले पराजित


SHARES

एजेन्सी । आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको क्वार्टरफाइनलको प्रतिस्पर्धामा सेफिल्ड युनाइटेडलाई दुई एक गोल अन्तरले पराजित गर्दै आर्सनल अन्तिम चारमा पुगेको हो ।

सेफिल्डको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले एक एक गोल गरेका थिए ।

सेफिल्डका डाभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।

खेलको २५औं मिनेटमा निकोलसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर खेलको ८७औं मिनेटमा डाभिडले गोल गर्दै सेफिल्डलाई एक एक गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको इन्जुरी समयमा ड्यानियलले गोल गर्दै आर्सनललाई दुई एक गोल अन्तरले जित दिलाए ।

यससँगै आर्सनल एफए कपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV