फेला पर्‍याे मानिस जत्तिकै ठूलो चमेरो : कोरोनाको डरले भाग्न थाले गाउँले ! (तस्बिरसहित)


SHARES

एजेन्सी । कोरोना महामारीको सुरुवातदेखि मानिस चमेरो देखेर हैरान छन् । चमेरोबाट मानिसमा कोरोना फैलिएको भन्दै धेरै मानिस चमेरो देख्दासाथ तर्सिने गरेका छन् ।

अहिले कोरोनाको कहरले संसार आक्रान्त बनेको छ । चीनको वुहानमा पहिलो पटक देखिएको कोरोनाको संक्रमणले संसारभर डेरा जमाएको छ । अहिलेसम्म पनि चमेरोबाट कोरोना फौलिएको अनुमान छ ।

फिलिपिन्समा मानिस जत्तिकै ठूलो खालको चमेरो फेला परेपछि मानिसको भागाभाग भएको छ । फिलिपिन्समा अहिलेसम्मकै ठूलो चमेरो फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कुनै एक व्यक्तिको घरमा झुण्डिएको ठूलो चमेरो देखेर गाउँलेकै भागाभाग भएको थियो ।

चमेरो ६ फिट लामो रहेको स्थानीय अधिकारीले बताएका छन् । सामाजिक सञ्जालमा ठूलो चमेरोको तस्बिर भाइरल बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

स्थानीय एक समुदायका व्यक्तिले भने पहिले पनि ठूलो चमेरो रहेको बताएका छन् । अहिले मात्र नभएर पहिल्यै ठूलो खालको चमेरो पाइएको स्थानीयको भनाइ छ । तर जहाँ ठूलो चमेरो फेला पर्यो त्यो ठाउँका व्यक्ति भने डरले घर नै छाडेर भागेका थिए । चमेरो उडेपछि फेरि घर फर्किएका फिलिपिन्सका सञ्चारमाध्यमले जनाएका छन् ।

झुण्डमा रहेको चमेरोको समूह, घर, खेतबारी लगायतका ठाउँमा देखिएपछि तस्बिर खिच्ने र सामाजिक सञ्जालमा हाल्ने लहर नै चलेको छ ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV