अमेरिकाबाट फर्केर सिन्धुलीमा कृषि उद्यम गरिरहेका उदीप भन्छन्, ‘कृषि क्षेत्रलाई सम्मानित पेसा बनाउन जरुरी छ’ (भिडियो)


SHARES

  • दिपेश थापा

सिन्धुली । दिनदिनै बढिरहेको कोरोना महामारी कहिले रोकिने हो ? यकिन छैन । तर निहालेर हेर्ने हो भने कोरोनाका कारण फाइदा पनि भइरहेका छन् । उत्पादनमा जोडिनुपर्ने रहेछ भनेर धेरै नेपालीहरुलाई जागरुक बनाएको छ ।

मानिसहरु वर्षौदेखि बाँझो रहेको आफ्नो जमिन पनि हिजोआज खेतीपाती गर्न थालेका छन् । कोरोनाको बन्दाबन्दीमा धेरै नेपालीलाई तरकारीसम्म नपाएर हैरान व्यहोर्नुपर्यो । अरुबेला अल्छी गर्ने मानिसहरु पनि हिजोआज कृषि गर्नुपर्ने रहेछ भन्न थालेका छन ।

आज धान दिवस हो । यो किसानका लागि विशेष दिन हो । सरकारी तबरबाट सिन्धुलीमा आज औपचारिक रुपमा कृषिसम्वन्धी कुनै कार्यक्रम भएन । तर, अमेरिका अध्ययन गरेर सिन्धुलीमै कृषि कर्म गर्नका लागि योजनाबद्ध रुपमा लागेका एक युवासँग हामीले छलफल गरेका छौं ।

उनी हुन्– ‘सिन्धुली एग्रो’ का निर्देशक उदिप गजुरेल । उनले अमेरिकाबाट अध्ययन सकेर सिन्धुली फर्किएका हुन् । उनले भने, ‘उत्पादनमा नजोडिकन अब सुख्खै छैन ।’ बिदेश गएका आमनेपालीबारे उनले भने, ‘बाध्यता हुने उतै बस्नेछन । जसलाई बस्नैपर्ने बाध्यता छैन उनीहरु देश फर्केको राम्रो ।’

२५ बिघामा खेती गर्ने भनेर वर्षको ३० लाख तिर्ने सन्झौता जग्गा धनीसँग गरेका सिन्धुली एग्रोका निर्देशक गजुरेलले भने, ‘१२ बिघा जतिमा माछा पालन र तरकारी गर्ने योजना हो । १३ बिघा जतिमा अन्नबाली लगाउने हो ।’

आधाजति जमिनमा चक्काबन्दी खेती भएको छ । बाँकी जग्गामा नार्कका बिज्ञहरुको सल्लाहमा तरकारी र माछा लगाउने योजना गजुरेलले सुनाए । आफ्नो अर्गानिक फार्म स्थानीयका लागि मार्केट गार्डेन बनाउने योजना बनाएको कुरा सुनाए । उनका अनुसार अहिले बिज्ञका सल्लाहमा तीन चार जातका तीन चार थरी माछाका भुरा पोखरीमा हालिसकेका छन । भारी वर्षाले तरकारीमा चाहिँ नोक्सानी गरेको उनले सुनाए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV