स्रोत नखुलेको रु ६५ लाख सहित दुई पक्राउ


SHARES

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रु ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई सोमबार काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका शङ्करसँग रु ६३ लाख र रमेशसँग रु दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV