विदेशमा अलपत्र परेका ६०४ जना नेपाली सोमबार नेपाल फर्के


SHARES

काठमाडौं । विभिन्न मुलुकमा अलपत्र परेका ६०४ जना नेपाली सोमबार नेपाल फर्केका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका अनुसार सोमबार कतारबाट १५१ जना मलेसियाबाट गरी २९६ र कुवेतबाट १६० जना नेपाली स्वदेश फर्केका हुन् ।

त्यस्तै, कतारबाट सोमबार एक जना नेपाली नागरिकको शव पनि ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । जसमध्ये प्रदेश १ का १२० जना, प्रदेश २ का १२४ जना, बाग्मती प्रदेशका १३५ जना, गण्डकी प्रदेशका ६२ जना, प्रदेश ५ का ११६ जना, कर्णाली प्रदेशका २१ जना र सुदूरपश्चिम प्रदेशका २६ जना स्वदेश फर्केको जानकारी दिइएको छ । (गोरखापत्र)

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV