साफ फुटबल एक बर्षपछि बंगलादेशमा हुने


SHARES

काठमाडौं । बंगलादेशमा हुने तय भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता एक वर्ष पछि सरेको छ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण साफ फुटबल च्याम्पियनसिप एक वर्ष सारिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष पछि सार्ने निर्णय गरेको हो ।

अब प्रतियोगिता सन् २०२१ मा हुनेछ । यस अघि १३औं संस्करणको साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने तय भएको थियो ।

बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

सन् २०१८ को १२औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो ।

उक्त संस्करणमा भारतलाई दुई एक गोल अन्तरले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो ।

नेपाल भने सेमिफाइनलसम्म पुगेर रोकिएको थियो ।

त्यस्तै महिला र पुरुषको साफ (अण्डर फिफ्टीन च्याम्पियनसिप र साफ अण्डर ऐट्टिन वुमन्स च्याम्पियनसिप भने सेप्टम्बरको बैठकले तय गर्ने निर्णय गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV