गण्डकीमा कोरोना संक्रमित ९ सय ६६ पुग्यो, निको भए २ सय १७ जना


SHARES

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । मंगलबार विहान थप १७ जना थपिएका छन् ।

मंगलबार सवैभन्दा बढी कास्कीमा ८ जना थपिएका छन् । ७ जना पोखरा महानगरपालिका भित्रका छन् ।

तनहुँको व्यास नगरपालिकामा ५ जना थपिएका छन् । लमजुङमा ३ र स्याङजामा थप एक जनामा कोरोना पुष्टि भएपछि अहिले यो संख्या ९ सय ६६ पुगेको हो ।

यता प्रदेशमा कोरोनाको जित्नेको संख्या २ सय १७ पुगेको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी गराए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV