पाटनमै बिलायो ‘यार्सा’ गुम्यो करोडौँ राजस्व


SHARES

कर्णाली । कर्णालीका बासिन्दा विगत वर्ष दुई महिनासम्म पाटनमै बसेर यार्सागुम्बा संकलन गर्थे । उनीहरूका घरमा ताल्चा लागेको हुन्थ्यो । शिक्षक र विद्यार्थीसमेत स्कुल बन्द गरेर पाटनमै हुन्थे । यसपटक भने असार तेस्रो साता लाग्दा पनि स्थानीय प्रशासनले यार्सा संकलन गर्न इजाजत दिएको छैन । यो जडीबुटी वैशाख तेस्रो सातादेखि असार तेस्रो सातासम्म पाइन्छ ।

विगतमा यार्सा बेचेर घरखर्च चलाउने स्थानीय यसपटक कसरी छाक टार्ने भन्ने चिन्तामा छन् । ‘यार्सा संकलन गरेरै घरखर्च टार्ने गरेको थिएँ’, जाजरकोटको बारेकोट गाउँपालिका– ३ का मुनबहादुर नेपालीले भने, ‘घरमा अरू खेती छैन, अब कसरी जहान केटाकेटी पालौं ?’

डोल्पा, मुगु, जाजरकोट, जुम्ला, हुम्ला र रुकुमका बासिन्दाले बर्सेनि यार्सा संकलन गरी मनग्ये आम्दानी गर्छन् । हिमाली हीरासमेत भनिने बहुमूल्य जडीबुटी यार्सा संकलन गर्न कोरोनाका कारण रोक लगाइएपछि पाटनमै खेर गएको छ । महँगोमा बिक्री हुने र जमिनबाट निकालिने भएकाले स्थानीयले यसलाई हिमाली हीरा भन्ने गरेका हुन् ।

खासगरी यार्सा पाइने जिल्लामा कोरोना जोखिम कम छ । त्यही भएर स्थानीयको रोजीरोटी नै गुम्ने अवस्था आएपछि प्रदेश सरकारले यार्सा संकलन खुला गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसहित जेठ २५ गते यार्सा संकलन खुला गर्न संघीय सरकारलाई सिफारिस पठाइयो । तर, संघले अनुमति नदिएपछि करोडौं राजस्व गुमेको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV