बन्दाबन्दीमा उद्योगीले चिनी लुकाएको आरोप


SHARES

विराटनगर । बन्दाबन्दीसँगै नेपालका चिनी उद्योगले मूल्य बढाउन कृत्रिम अभाव खडा गरेको भन्दै विराटनगका उद्योगी–व्यवसायीले सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन् ।

चाडपर्व नजिकिँदै जाँदा मूल्यवृद्धि गर्ने मनसाय राखेर उद्योगीहरूले गोदाममा चिनी सकिएको जनाउ दिन थालेको व्यवसायीहरूले आरोप लगाएका हुन् । चिनीलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्ने उद्योगीले समेत बजारमा अभाव देखिँदै गएको गुनासो गरेका छन् । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं व्यवसायी अविनाश बोहराले अभाव नै नभई अभाव देखाउन थालिएको बताए ।

बन्दाबन्दीअघि चिनीको मूल्य प्रतिकिलो ६० रुपियाँ रहेको थियो । त्यसमा मूल्य अभिवृद्धि कर जोडेर बजारमा कारोबार हुँदै आएको थियो तर त्यसपछि क्रमशः वृद्धि गर्दै ६८ देखि ७० रुपियाँ मूल्य पुगिसकेको भन्दै व्यवसायीले सरकारसँग समेत भनिसकेको दाबी गरेका छन् ।

चिनीको कारोबार गर्दै आएका व्यवसायी नवरतन लुनियाँका अनुसार अर्थ र वाणिज्य मन्त्रालयमा चिनीको समस्याको विषयमा जानकारी गराइएको हो । आयात–निर्यातमा देखिएको केही समस्यासँगै चोरी पैठारी रोकिएपछि नेपालका चिनी उद्योगीले मूल्य बढाउन कार्टेलिङ र सिन्डिकेट बनाएका हुन् । यसपटक चिनी उत्पादन गर्ने उद्योगीले नै आयातको जिम्मेवारीसमेत आफूहरूले मात्रै पाउनुपर्ने मागसमेत गरिरहेको आरोप छ ।

दुई हप्तादेखि माग गरेअनुसारको चिनी पाइरहेका छैनौँ, क्वालिटी बिस्कुट एन्ड कन्फेक्सनरीका सञ्चालक श्याम काबराले भने, ‘उद्योगबाट आपूर्तिकर्ताले चिनी हामीलाई दिने हो तर अभाव भएको भन्दै माग भएजति आइरहेको छैन ।’ काबराको क्वालिटीले दुई वर्षअघि पाकिस्तानले चिनीमा दिएको अनुदान निकासीको समयमा भने आफैँ चिनी आयात गरेको थियो ।

यो उद्योगले दैनिक १० देखि १५ टनसम्म चिनी खपत गर्ने गरेको दाबी उद्योगी काबराले गरे । उद्योगी एवं गुडलाइफ उद्योगका सञ्चालक महेश जाजुले पनि दुई हप्तायता चिनी अभाव भइरहेको बताए । अनधिकृत पैठारी पनि रोकिएको छ, पैठारीलाई पनि सहज छैन, उद्योगी जाजुले भने, ‘मौका मिलाएर चिनी उद्योगीले मूल्यवृद्धि गर्न खोजेकोजस्तो देखिन्छ ।’ उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV