कोरोनाको कारण दुई खर्बले घट्यो आयात


SHARES

काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण विश्व व्यापारमा आएको गिरावटको तस्बिर नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पनि देखिएको छ ।

चालू आर्थिक वर्षको जेठ महिनासम्मको भन्सार विभागको तथ्याङ्कअनुसार समग्र अन्तर्राष्ट्रिय व्यापारमा करिब दुई खर्ब रुपियाँको गिरावट देखिएको छ । कुल आयात अघिल्लो आवको जेठको तुलनामा एक खर्ब ९९ अर्ब रुपियाँले घटेर ११ खर्ब ८१ करोड रुपियाँ पुगेको छ । अघिल्लो जेठमा नेपालले १२ खर्ब ९९ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो । तुलनात्मक रूपमा चालू आवको आयात १५.३१ प्रतिशतले घटेको देखिन्छ ।
जेठसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ११ अर्ब ८८ करोड रुपियाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा करिब दुई खर्ब रुपियाँले नै कम हो ।

गत जेठमा नेपालको कुल अन्तर्राष्ट्रिन्य व्यापार १३ खर्ब ८७ अर्ब रुपियाँ पुगेको थियो । आयातमा भएको कमीले अन्तर्राष्ट्रिय व्यापारको आकार मात्र होइन, नेपालको व्यापार घाटामा पनि समानान्तर रूपमै घटेको छ । जेठसम्म नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा दुई खर्ब एक अर्ब रुपियाँले घटेर १० खर्ब १२ रुपियाँ पुगेको छ ।

अघिल्लो जेठमा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपियाँ पुगेको थियो । यसबीचमा नेपालको निर्यात वृद्धि भने करिब उस्तै रहेको छ । चालू आवको सुरुवातमा निर्यातमा उत्साहजनक परिस्थिति देखिएकोमा जेठसम्म आइपुग्दा निर्यात वृद्धिदर स्थिर जस्तै छ । नेपालले चालू आवको समीक्षा अवधिसम्म ८८ अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ, जबकी गत वर्षको जेठमा ८७ अर्ब ८३ करोड रुपियाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । यो ०.१९ प्रतिशतको वृद्धिदर हो । आयात घट्दा कुल व्यापारमा यसको हिस्सा घटेर ९२.६० प्रतिशत पुगेको छ । अघिल्लो जेठसम्म आयातको हिस्सा ९३.६७ प्रतिशत थियो । निर्यातको हिस्सा १६.९५ प्रतिशतले बढेर ७.४० प्रतिशत कायम भएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV