श्रीलंकासँग पनि सुरु भयो भारतको विवाद : भन्छ, 'नेपालमा जस्तै श्रीलंका पनि चिनियाँ कार्ड प्रयोग भयो'


SHARES

एजेन्सी । भारतले आफ्ना छिमेकीलाई अप्ठयारो अवस्थामा थप समस्यामा पार्न थालेको छ । कोरोना महामारीका कारण लकडाउन भएको समयमा नेपालको अतिक्रमित भूमिमा सडक बनाएर उद्घाटन गरेको भारतले श्रीलंकालाई कर्जा तिर्नका लागि दबाब दिएको छ ।

श्रीलंकाले आर्थिक संकटका कारण कर्जा भुक्तानीका लागि समय माग गरे पनि भारतले कुनै सुनुवाइ गरेन । त्यसपछि श्रीलंकाली अधिकारीहरुले चीनसँग कर्जा लिएर भारतलाई भुक्तान गर्ने विषयमा छलफल गरेपछि भारतले विभिन्न प्रकारका समस्या दिन सुरु गरेको छ ।

भारतीय अधिकारीले श्रीलंकामा पनि नेपालमा जस्तै चिनियाँ कार्ड प्रयोग भएको बताएका द हिन्दुको समाचारमा उल्लेख छ । शनिबार श्रीलंकाका राष्ट्रपति महिन्दा राजपक्षेले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग विकासशील देशको कर्जामा राहत दिनुपर्ने माग गरेका थिए । राजपक्षेले भारतसमेत सहभागी भर्चुअल बैठकमा उक्त आग्रह गरेका थिए ।

श्रीलंकाले भारतबाट ९६ करोड डलर कर्जा लिएको छ । त्यहीँ कर्जालाई देखाएर भारतले मुद्रा सटहीमा पनि रोक लगाइ दिएको छ । यो विषयमा श्रीलंकाले पटक पटक भर्चुअल बैठक बस्न भारतलाई आग्रह गरे पनि भारतले त्यसलाई कुनै सुनुवाइ गरेको छैन । कर्जाका लागि समय थप्ने र मुद्रा साटासाट गर्नका लागि योबीचमा श्रीलंकाले तीन पटक आग्रह गरिसकेको छ ।

भारतले कुनै सुनुवाइ नगरेपछि श्रीलंकाका राष्ट्रपति राजपक्षेले चिनियाँ समकक्षी सी जिनपिङसँग छलफल गरे । राष्ट्रपति सीले कोरोना महामारीविरुद्ध लड्का लागि श्रीलंकालाई ५० करोड डलर सहयोग गर्ने घोषणा गरे । त्यसपछि भारत श्रीलंकाविरुद्ध खनिएको छ । नेपालविरुद्ध जस्तै भारतीय मिडिया श्रीलंकाविरुद्ध लागेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV