नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : अध्यक्षद्वयले आफ्नो विचार राख्ने तयारी


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजे सुरु हुनुपर्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास गएकाले ४५ मिनेट ढिलागरी सुरु भएको हो । बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् । 

सीमा समस्याका विषयमा नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वय  ओली र पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा 'बादल'ले आफ्ना विचार राख्न बाँकी छ ।

सुरुवातमा बोल्न बाँकी नेताहरुले सीमा सम्बन्धि एजेण्डामा धारणा राखेपछि बैठक अर्को एजेण्डामा जानेछ । विभिन्न ७ वटा एजेण्डामध्ये अब दोस्रो नम्बरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रित रहेर छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतको इसारामा आफूलाई हटाउन नेताहरु सक्रिय रहेको बताएपछि आजको बैठकमा शीर्ष नेताहरुले नै ओलीको जवाफ माग्ने तयारी गरेका छन् ।

यो पनि हेर्नुस्

नेकपा स्थायी कमिटी बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

नेकपा स्थायी कमिटी बैठक : आफूसहित १६ जनालाई न्याय दिन बामदेव गौतमको माग

नेकपाको तेस्रो दिनको बैठक सम्पन्न : सीमा समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड (भिडियोसहित) 

नेकपा स्थायी कमिटी बैठकबाट फेरि बाहिरिए प्रधानमन्त्री ओली

नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री ओली पनि उपस्थित

सुरुवातदेखि अन्तिमसम्म : नेकपा स्थायी कमिटी बैठकमा शुक्रबार के-के भयो ?

नेकपाका स्थायी कमिटी बैठक स्थगित : १८ जना सदस्यद्वारा आफ्नो विचार प्रस्तुत (भिडियोसहित)

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको अर्थपूर्ण अनुपस्थिति !

नेकपा स्थायी कमिटी बैठक : दुवै पक्षका यस्ता छन् तयारी

नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?

नेकपा स्थायी कमिटी बैठक : ओली र प्रचण्ड-नेपाल पक्षधरको यस्तो छ तयारी

बैठकको एजेण्डा यसरी भयो परिवर्तन : अख्तियारसम्बन्धी विकेयक रोकियो

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV