सिंहदरवारभित्रै कर्मचारी आन्दोलित, ‘माननीयज्यू, नासुका आँशु देख्नुभएन ?’


SHARES

काठमाडौं । संघीय निजामती सेवा ऐनमा आफ्ना मागहरु नसमेटिएको भन्दै निजामति कर्मचारीहरुले सिंहदरवारभित्रै आन्दोलन गरेका छन् ।

आज सिंहदरवार परिसरमा उनीहरुले ‘माननीयज्यू, ना.सु.का आँशु देख्नु भएन ? लेखिएको प्ले कार्ड बोकेर शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

राजपत्र तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने, निजामती सेवामा प्रवेश गरिसकेका कमचारीलाई निजामती सेवाको पदपूर्ति कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम हुनुपर्ने उनीहरुको माग छ ।


त्यसैगरी, राजपत्र प्रथम र द्वित्तीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्वन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने कर्मचारीको माग छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV