श्रीमतीको हत्याका आरोपीद्धारा दुई बहिनीको हत्या


SHARES

रासस/एएनआई । भारतको हैदराबादमा एकजना व्यक्तिले घरमा परिवारका सदस्यमाथि सांघातिक हमला गरेका छन् ।

उनले हतियार प्रहार गरी पविारका सदस्यमाथि हमला गरेका र त्यस आक्रमणमा परी उनका दुई जना बहिनीको ज्यान गएको बताइएको छ । उनीमाथि सन् २०१९ को जनवरीमा नै श्रीमतीको हत्याको आरोप छ । श्रीमतीको हत्याको आरोपमा उनी पक्राउ पनि परेका थिए । उनी पछि धरौटीमा रिहा भएका थिए । त्यसपछि घरमै रहेका उनले सोमबार परिवारका सदस्यहरुको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले घरका चार जना सदस्यमाथि हतियार प्रहार गरेका र त्यस आक्रमणबाट उनका दुई जना बहिनीको ज्यान गएको बताएको छ । अहमद बिन सलाम बा इस्माइल नाम गरेका ती व्यक्तिले सोमबार साँझ परिवारका सदस्यमाथि धारिलो हतियारले हमला गरेका थिए ।

प्रहरीले बताएअनुसार परिवारका तीनजना लाई घरमै हतियार प्रहार गरेपछि अर्की बहिनी बस्ने घरमा पुगेर उनलाई पनि आक्रमण गरेको बताएको छ । प्रहरीका अनुसार दुई बहिनीको ज्यान गएको छ भने परिवारका अरु सदस्यहरुको अवस्था गम्भीर रहेको छ ।

उनले सो हत्याको योजना के कति कारणले बनाएका हुन् भन्ने बारेमा भने केही थाहा नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV