नागरिकता विधेयकमा ७ वर्षे प्रावधान खारेजीको माग गर्दै जसपाको विरोध प्रदर्शन


SHARES

काठमाडौं । संसदीय समितिद्वारा प्रस्तावित नागरिकता विधेयकको विरोध गर्दै जनता समाजवादी पार्टी (जसपा) ले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगिकृत नागरिकता दिने प्रावधान संसदको राज्य व्यवस्था समितिले पारित गरेको छ ।

सो प्रावधानसहितको विधेयक संसदमा छलफल गरी पारित गर्नका लागि पेश भइसकेको छ । ७ वर्षे प्रावधानको बिरोध गर्दै जसपा नेताहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

जसपा नेताले ‘नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजीको’ माग गर्दै विरोध प्रदर्शनमा उत्रेका हुन् ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, शरतसिंह भण्डारी, हिसिला यमी लगायत नेताहरु सो प्रदर्शनमा सहभागी थिए ।

नेपाली पुरुषसँग बिहे गर्नासाथ नागरिकता पाउने प्रावधान कायम रहनुपर्ने जसपाको माग छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV