गरिखान माग गर्दै ट्याक्सी व्यवसायीको विरोध प्रदर्शन (फोटो फिचर)


SHARES

काठमाडौं । लामो समयदेखिको लकडाउनका कारण हातमुख जोर्न धौधौ परेको भन्दै ट्याक्सी चलाउन पाउनुपर्ने मागसहित व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी चलाउन पाउनुपर्ने मागसहित काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मंगलबार उनीहरुले काठमाडौंको मिनभवनस्थित यातायात व्यवस्था विभाग अगाडि धर्ना दिएका दिए ।

‘रोगले होइन भोकले मर्ने भयो, गरिखना पाउनु पर्छ’ भन्दै उनीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले ट्याक्सी जोर बिजोर गरेर चलाउनु पाउनुपर्ने माग गरेका छन् । ट्याक्सी चलाएर आएको आम्दानीले परिवार पाल्न र बैंक किस्ता तिर्नुपर्ने बाध्यता रहेका उनीहरुको गुनासो छ । आफ्नो पेशाबारे सरकारले कुनै ठोस नीति नल्याएको सडकमा आउन बाध्य भएको उनीहरुको भनाइ छ ।

आन्दोलनमा सरकारविरुद्ध नारा बाजी पनि गरेका थिए । नाराबाजीमा उनीहरुले यातायातमन्त्रीको राजीनामाको माग समेत गरे । त्यस्तै लकडाउनभरिको सावाँ र व्याज समेत मिनाह गर्नुपर्ने माग राखेको थियो ।

तस्विरहरुः केशब गुरुङ


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV