विवाह समारोहमा सहभागी ९५ जन्तीमा कोरोना संक्रमण : कोरोनाबाट बेहुलाको मृत्यु !


SHARES

एजेन्सी । नेपालको सीमावर्ती क्षेत्र भारत बिहारको राजधानी पटनामा विवाह समारोहमा सहभागी भएका ९५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाकै कारण बेहुलाले ज्यान गुमाए, संक्रमित जन्तीमध्ये केहीको अवस्था गम्भीर छ ।

पालीगञ्ज गाउँमा जुन १५ मा आयोजित एक विवाह समारोहमा सहभागी भएका ९५ जनामा सोमबार कोरोना देखियो । संक्रमित दुलाहाको मृत्यु भएको छ । सफ्टवेयर इन्जिनियर रहेका ३० वर्षीय दुलाहा मे १२ तारेखमा विवाहका लागि सहरबाट गाउँ पुगेका   इण्डिया टुडेले जनाएको छ ।  

सहरबाट गाउँ आएका ती दुलाहा क्वारेन्टाइनमा बसेनन् । विवाहपछि उनमा कोरोनाको लक्षण देखियो । विवाहको दुई दिनपछि नै उनको एम्स अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । शवबाट निकालिएको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भयो ।

दुई दिनमा ९५ जना जन्तीको रिपोर्ट पोजेटिभ आएको छ । दुलहीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV