सल्यानमा थपिए १५ जना कोरोना संक्रमित


SHARES

सल्यान । सल्यान मंगलबार थप १५ जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा वनगाड कुपिण्डे नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

भानुभक्त प्राथमिक विद्यालय खनियाखर्कको क्वारेनटाइनका २१ र बनगाड क्याम्पसको क्वारेनटाइनमा रहेका १९ गरी ४० जनाको स्वाब संकलन गरिएकामध्ये १५ जनाको कोरोना पोजेटिभ पुष्टि भएको हो । यससँगै संक्रमितको सख्या २०५ पुगेको छ ।

संक्रमितहरुमध्ये सबैभन्दा धेरै वनगाड कपिण्डे नगरपालिकाका १४९ जना रहेका छन् । यस्तै, शारदा नगरपालिकामा ३, बागचौर नगरपालिकाका ९, कुमाख गाउँपालिकाका १८, सिद्ध कुमाख गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, त्रिवेणी गाउँपालिकाका ५, कपुरकोट गाउँपालिकाका १, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १४ र सल्यान अस्पतालमा १ जना रहेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV