गण्डकी प्रदेशमा १८ सय रोपनीमा जग्गा चक्लाबन्दी, आगामी वर्ष थप ३ हजार रोपनीमा गरिने


SHARES

  • लोक गुरुङ

पोखरा । कृषिमा आत्मनिर्भर बन्नका लागि भन्दै गण्डकी प्रदेश सरकारले चक्लाबन्दी परियोजना अगाडि सरेको पहिलो बर्षमा १८ सय रोपनी क्षेत्रफलमा चक्लावन्दी गरिएको छ ।

चालु आर्थिक वर्षबाट सुरु भएको परियोजनाका लागि प्रदेशले ५ करोड रकम विनियोजन गरेको थियो । प्रदेशको भुमि व्यवास्था, कृषि तथा सहकारी मन्त्रालयले मनाङ, मुस्ताङ र नवलपुर बाहेकको जिल्लामा हाल परियोजना सञ्चालन भैरहेको बताएको छ । सचिव अच्यूतराज ढकालले आगामी वर्ष प्रदेशले थप ३ हजार रोपनी क्षेत्रफलमा चक्लाबन्दी गर्ने योजना रहेको बताएका छन् । यसका लागि आगामी आर्थिक वर्षमा ८ करोड रुपैया“ प्रदेबाट विनियोजन भएको छ ।

गण्डकी प्रदेशका ६४ प्रतिशत जनता कृषिमा आश्रित छन् । प्रदेशमा जम्मा ४ लाख २७ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३ लाख ७० हजार हेक्टरमा हाल खेती भइरहेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङकमा उल्लेख छ । प्रदेशमा एक लाख ३१ हजार हेक्टरमा धान खेती हु“दै आएको छ । यसबाट वार्षिक ४ लाख ५३ हजार टन धान उत्पादन भइरहेको छ । तर यो उत्पादनले प्रदेशको माग धान्न सक्दैन । धान लगायत कृषि उपजमा प्रदेश परनिर्भरै छ ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा थप १२ हजार टन खद्यान्न अपुग हुने गरेको जानकारी गराउदै कृषि चक्लाबन्दी जस्ता योजनाबाट यसको पुर्ति गराउन प्रदेश सरकार लागि परेको बताए । सोमबार स्याङ्जाको गोठिङ फा“टमा भएको चक्लाबन्दी कार्यक्रमको उदघाटन गर्दै उनले गण्डकी प्रदेशले नमुना कार्यक्रमको रुपमा यसलाई लैजान चाहेको समेत बताए ।

देशको कुल ग्रार्हस्थ उत्पादन (जिडीपी)मा कृषिको २६ प्रतिशत योगदान छ । पछिल्लो समय कृषि पेशा छाड्ने र जमिन बा“झो राख्नेको संख्या बढ्दो छ । यो समस्यालाई प्रदेशले ल्याएको चक्लाबन्दी जस्ता कृषि केन्द्रित परियोजनाबाट खाद्यान्नमा बढ्दै गइरहेको परनिर्भरतालाई कम गर्न मद्दत पुग्नेछ भन्ने आशा गर्न सकिन्छ ।

तस्वीर सौजन्यः युनिश गुरुङ


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV