दाङको शान्तिनगर गाउँपालिकाका वडाध्यक्षमाथि कार्यकक्षमै आक्रमण


SHARES

दाङ । अज्ञात समूहको आक्रमणबाट शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगी गम्भीर घाइते भएका छन् ।

वडाध्यक्ष डाँगीमाथि मंगलबार बिहान पौने १२ बजे अज्ञात समूहले कार्यकक्ष मै आक्रमण भएको थियो । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डाँगीलाई ४/५ जनाको समूहमा आएका व्यक्तिले दाउरा र रडले आक्रमण गरेको प्रहरीले बताएको छ । घटनास्थल नजिकै विप्लवको पर्चा समेत भेटिएको भन्दै यस विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

वडाध्क्ष डाँगीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लग्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV