प्रचण्डसहितका नेताले ओलीसँग मागे सरकार ढाल्न खोजेको प्रमाण : ओली बैठकबाट बाहिरिए


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई दिनअघि भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागिपरेको गुनासो गरेका थिए ।

प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा उपाध्यक्ष बामवेद गौतमले भारतले सरकार ढाल्न खोजेको भन्ने ओलीको अभिव्यक्तिलाई पुष्टि गर्न माग गरेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

ओलीलाई नेताहरुले नेपाली नेताहरुको नाम भन्न र प्रमाण देखाउनका लागि आग्रह गरेका छन् । बिना आधार गरिएको भए आपत्तिजनक भएको भन्दै नेताहरुले जनतामा गलत सन्देश गएको टिप्पणी गरेका छन् ।

यसैबीच नेताहरुको प्रश्न सुनेपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका छन् । उनी खाजा ब्रेकपछि बैठकबाट बाहिरिएको एक नेताले जानकारी दिए ।

यो पनि हेर्नुस्

नेकपामा कुर्सी विवाद : चर्को विरोधपछि अध्यक्षसहित सचिवालय सदस्य मञ्चबाट झरे

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : अध्यक्षद्वयले आफ्नो विचार राख्ने तयारी

नेकपा स्थायी कमिटी बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

नेकपा स्थायी कमिटी बैठक : आफूसहित १६ जनालाई न्याय दिन बामदेव गौतमको माग

नेकपाको तेस्रो दिनको बैठक सम्पन्न : सीमा समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड (भिडियोसहित) 

नेकपा स्थायी कमिटी बैठकबाट फेरि बाहिरिए प्रधानमन्त्री ओली

नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री ओली पनि उपस्थित

सुरुवातदेखि अन्तिमसम्म : नेकपा स्थायी कमिटी बैठकमा शुक्रबार के-के भयो ?

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको अर्थपूर्ण अनुपस्थिति !

नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २४ गते, बुधबार

menu LIVE TV