प्रचण्डद्वारा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा माग


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् । स्थायी कमिटी बैठकमा आइतबार ओलीले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रचण्डले दुवै पदबाट राजीनामा दिन ओलीलाई सुझाव दिए ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार ओलीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको र बिना आधार सतही कुरामा प्रधानमन्त्री दौडिएको पुष्टि भएकाले अब राजीनामा दिनुपर्नेमा प्रचण्डले जोड दिएका हुन् । ती सदस्यका अनुसार प्रचण्डले भने, 'मदन जयन्तीमा जुन अभिव्यक्ति दिनुभयो त्यसले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग मात्र होइन अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन तपाईँले सक्नु हुन्न । जुन जिम्मेवारीमा बस्नु भएको छ, त्यो अनुसारको अभिव्यक्ति आपत्तिजनक छ ।' 

लगत्तै जवाफमा प्रधानमन्त्री ओलीले बैठकमा भएका कुरा दिल्लीका मिडियामा आएका कुरा हुबहु भन्दै आफ्नो बचाऊ गरे । उनले भने, 'हाम्रो बैठकमा भएका कुरा दिल्लीका मिडियामा हुबहु कसरी आयो । ? यो विषयमा गम्भीर छलफल हुनुपर्छ ।'

प्रचण्डले तत्काल नै त्यसको पनि जवाफ दिए । उनले भने, 'भारतले होइन, अब मैले भनेको छु तपाईँले प्रधानमन्त्री र अध्यक्ष दुवैपदबाट राजीनामा दिनुस् । तपाईँले नैतिकता गुमाउनु भयो । तपाईँले अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो ।'

यो पनि हेर्नुस्

प्रचण्डसहितका नेताले ओलीसँग मागे सरकार ढाल्न खोजेको प्रमाण : ओली बैठकबाट बाहिरिए

नेकपामा कुर्सी विवाद : चर्को विरोधपछि अध्यक्षसहित सचिवालय सदस्य मञ्चबाट झरे

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु : अध्यक्षद्वयले आफ्नो विचार राख्ने तयारी

नेकपा स्थायी कमिटी बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता

नेकपा स्थायी कमिटी बैठक : आफूसहित १६ जनालाई न्याय दिन बामदेव गौतमको माग

नेकपाको तेस्रो दिनको बैठक सम्पन्न : सीमा समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड (भिडियोसहित) 

नेकपा स्थायी कमिटी बैठकबाट फेरि बाहिरिए प्रधानमन्त्री ओली

नेकपा स्थायी कमिटी बैठक सुरु : प्रधानमन्त्री ओली पनि उपस्थित

सुरुवातदेखि अन्तिमसम्म : नेकपा स्थायी कमिटी बैठकमा शुक्रबार के-के भयो ?

नेकपा स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीको अर्थपूर्ण अनुपस्थिति !

नेकपा स्थायी कमिटीको समीकरण : कुन नेता कुन समूहमा ?

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, 'गुणगान सुनेर कानै दुखिसक्यो'

स्थायी कमिटी बैठकमा प्रचण्डले भने, 'म लचिलो भएकाले ओलीमा अहंकार पलायो'

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV