वामदेवले बैठकमा भने, 'केपी ओलीले नेकपा एमाले दर्ता गर्नुभयो, छानविन गर्नुपर्छ'


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता भएको बताएका छन् ।

बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीबाट भएका क्रियाकलापको छानविन हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, 'नेपाली कम्युनिष्ट आन्दोलनविरुद्ध र पार्टी एकताविरुद्ध जाने उहाँको यो कदमको पार्टीले छानविन गर्नुपर्छ । उहाँकै निर्देशनमा दर्ता भएको हो । म जानकार छु ।;

उपाध्यक्ष गौतमले मदन जयन्तीको दिन दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए । उनले भने, 'प्रधानमन्त्री भएर जुन खालको अभिव्यक्ति दिनुभयो त्यो गलत छ । त्यसैले उहाँले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ । बलजफ्ती गर्न मिल्दैन ।'

प्रधानमन्त्री अ‍ोलीले पदीय मर्यादा, पार्टीको प्रतिष्ठा र देशकै प्रतिष्ठामा खेलवाड गरेको आरोप गौतमले लगाएका छन् ।

यो पनि हेर्नुस् 

नेकपा स्थायी कमिटी बैठक : ओली-प्रचण्डदेखि नारायणकाजीसम्म कसले के भने ?

प्रचण्डले बैठकमा ओलीलाई भने, 'भारतीय राजदूतलाई बोलाएर प्रष्टिकरण किन लिनु भएन ?'

नेकपा बैठकमा ओलीले प्रचण्डलाई भने, '३२ वर्षदेखि अध्यक्ष बन्नु भयो, अझै पुगेन ?'

झलनाथले ओलीलाई भने, 'तपाई जथाभावी गर्दै र बोल्दै हिड्नुभयो, अब राजीनामा दिनुस्'

माधव नेपालले ओलीलाई भने, 'यो पार्टी हामीले धेरै मेहनत गरेर बनाएको हो, चेतना भया !'

वामदेवले बैठकमा भने, 'केपी ओलीले नेकपा एमाले दर्ता गर्नुभयो, छानविन गर्नुपर्छ'

प्रधानमन्त्रीलाई नारायणकाजीको प्रश्न : 'नक्सा छाप्न नमान्ने, अहिले त्यसैलाई बेच्ने ?'

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि आवेदन

नेकपा स्थायी कमिटी बैठकको चौथो दिन : बैठकपछि प्रवक्ता श्रेष्ठले के भने ? (भिडियोसहित)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV