नेकपा बैठकमा ओलीले प्रचण्डलाई भने, '३२ वर्षदेखि अध्यक्ष बन्नु भयो, अझै पुगेन ?'


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पदको लोभ गरेको आरोप लगाएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले एकल पार्टी अध्यक्ष नदिनुको कारण खोलेका छन् ।

आफूलाई मात्र नेतृत्व चाहिने तर्क गर्नु गलत भएको ओलीले तर्क गरे । उनले भने, '३२ वर्षदेखि अध्यक्ष हुनु भएको छ । अझै पुगेन भनेर गुनासो छ । अन्य नेताले पनि नेतृत्व गर्नु भएको छ । पद नपाउँदा यस्तो अवस्था ?'

मदन जयन्तीको दिन आफूले दिएको अभिव्यक्तिको बचाउ गर्दै ओलीले भने, 'हाम्रो बैठकमा भएका कुरा दिल्लीका मिडियामा किन आउँछन् भन्ने हिसाबले मैले के बोलेको थिए, यहाँ साथीहरुलाई बडो चिन्ता लागेछ । भारतको विरोध गरेको यहाँ एजेण्डा भएको छ । नन इस्सुलाई पनि बैठकको इस्सु बनाइयो । यो गलत भयो । यसको पनि छानविन गर्नुपर्छ ।'

नयाँ पार्टी दर्ता प्रक्रियाका बारेमा आफूलाई जानकारी नभएको बताउँदै उनले भने, 'म अहिलेसम्म नेकपाको अध्यक्ष छु । नागरिकले पार्टी दर्ता गर्न पाउने, बन्द गर्न पाउने सबैको अधिकार छ । त्यससँग मेरो के सम्बन्ध छ ? मलाई यो विषय थाहै भएन ।'

बैठकमा छोटो समयमात्र बोलेका ओलीले सरकार जनताको लोकप्रीय बनेको दावी गरेका छन् । जनताको अपेक्षा अनुसार वर्तमान सरकारले काम गरेको र जनताको समृद्धि देख्न नचाने तत्व पार्टीभित्रै भएको उनको भनाइ छ ।

यो पनि हेर्नुस् 

नेकपा स्थायी कमिटी बैठक : ओली-प्रचण्डदेखि नारायणकाजीसम्म कसले के भने ?

प्रचण्डले बैठकमा ओलीलाई भने, 'भारतीय राजदूतलाई बोलाएर प्रष्टिकरण किन लिनु भएन ?'

नेकपा बैठकमा ओलीले प्रचण्डलाई भने, '३२ वर्षदेखि अध्यक्ष बन्नु भयो, अझै पुगेन ?'

झलनाथले ओलीलाई भने, 'तपाई जथाभावी गर्दै र बोल्दै हिड्नुभयो, अब राजीनामा दिनुस्'

माधव नेपालले ओलीलाई भने, 'यो पार्टी हामीले धेरै मेहनत गरेर बनाएको हो, चेतना भया !'

वामदेवले बैठकमा भने, 'केपी ओलीले नेकपा एमाले दर्ता गर्नुभयो, छानविन गर्नुपर्छ'

प्रधानमन्त्रीलाई नारायणकाजीको प्रश्न : 'नक्सा छाप्न नमान्ने, अहिले त्यसैलाई बेच्ने ?'

निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि आवेदन

नेकपा स्थायी कमिटी बैठकको चौथो दिन : बैठकपछि प्रवक्ता श्रेष्ठले के भने ? (भिडियोसहित)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV