प्रहरीमा दज्र्यानी चिह्न प्रदान


SHARES

काठमाडौं । नेपाल सरकार मन्त्रिस्तरको असार १४ को निर्णयानुसार प्राविधिकतर्फको प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतलाई मंगलबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

यस्तै सचिवस्तरको निर्णयानुसार प्राविधिकतर्फ कै प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकमा पदोन्नति भएका प्रहरी अधिकृतले समेत आजै दज्र्यानी चिह्न प्राप्त गरेका हुन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीबाट दज्र्यानी चिह्न प्राप्त गर्नेहरुमा प्रहरी नायब महानिरीक्षक डा सुन्दरप्रसाद हैजु, प्रहरी वरिष्ठ उपरीक्षक डा दामोदर पौडेल, डा सञ्चिता दाहाल घिमिरे, डा मनोजकुमार यादव र कुशल रानाभाट रहेका छन् ।

यस्तै अन्यमा प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोल, ईश्वर थापा, डा सुवर्ण कुँवर, डा छन्द बुढाथोकी, डा केदार खड्की, उन्देश्वर तिवारी र लालबाबु गिरी तथा प्राविधिक प्रहरी नायब उपरीक्षक भुपाल बानियाँ रहेका छन् । उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरीको संस्थागत विकासका लागि भरपर्दो मेरुदण्डको रुपमा रहेका प्राविधिक समूहका प्रहरी अधिकृत तथा जवानले निर्वाह गर्दै आएको योगदान ज्यादै प्रशंसनीय रहेको बताए ।

उनले आगामी दिनमा सबै प्रहरी कर्मचारीले अझ रचनात्मक तवरबाट सङ्गठनको श्रीवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन र आमनागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा रही नेपाल प्रहरी अहोरात्र क्रियाशील रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस्ता चुनौतीपूर्ण घडीमा कर्तव्य पालना गर्दा कठिनाइ र अभावका सीमालाई थाती राखी तोकिएको जिम्मेवारी पूरा गर्न सबैले संयमता र उच्च व्यावसायिक निष्ठा प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतको तर्फबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक डा सुन्दरप्रसाद हैजुले सङ्गठनले अङ्गीकार गरेको नीतिअनुरुप प्राप्त पेशागत जिम्मेवारी अझै उत्कृष्ट ढङ्गबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV