सिरि ए फुटबलमा युभेन्टसको सानदार अग्रता


SHARES

एजेन्सी । सिरि ए फुटबल प्रतियोगितामा युभेन्टसले जेनोआलाई तीन एक गोल अन्तरले पराजित गरेको छ ।

गएरति घरेलु टोली जेनोआबिरुद्ध सहज जित निकाल्दै युभेन्ट्सले लिग तालिकामा ४ अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा पाउलो ड्याबालाले खेलको ५०औं मिनेटमा युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

उनले एकल प्रयासमा गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका हुन । त्यसको ६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।

उनले यस सिजनको सिरि एमा २४ गोल पुरा गरिसकेका छन् । त्यस्तै ड्युगलस कोस्टाले खेलको ७३औं मिनेटमा एक गोल गरी टिमलाई तीन शुन्यको अग्रता दिलाए ।

घरेलु टोलीका लागि एन्ड्रिया पिनामोन्टीले खेलको ७६औं मिनेटमा एक गोल फर्काएका थिए ।

युभेन्ट्सबाट २५ गोलको कीर्तिमान बराबरी गर्न रोनाल्डो मात्र एक गोलले पछि रहेका छन् ।

सन् १९६०–६१ मा ओमार सिभोरीले युभेन्ट्सबाट सर्वाधिक २५ गोलको कीर्तिमान बनाएका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले ७२ अंक जोडेको छ ।

उसले दोस्रो स्थानको लाजियोसंग स्पष्ट ४ अंकको अग्रता लिएको छ ।

त्यसैगरी अर्को खेलमा लाजियोले टोरिनोलाई दुई शुन्य गोल अन्तरले हराउँदै उपाधि होडमा आफुलाई कायमै राखेको छ ।

सिरि एका सर्वाधिक गोलकर्ताको दौडमा अगाडी रहेका सिरो इमोबेल र मार्को पार्लोले लाजियोलाई महत्वपूर्ण तीन अंक दिलाउन सफल भएका छन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV