उपाधि होडमा रियल मड्रिडको पलडा भारी


SHARES

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले एट्लेटिको मड्रिडसंग दुई दुई गोलको बराबरी खेलेको छ ।

गएराति घरेलु मैदानमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो ।

डिएगो कोस्टाको आत्मघाति गोलसंगै बार्सिलोनाले खेलको १२औं मिनेटमा अग्रता बनाएको थियो ।

साउल निगाजले खेलको १९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्याएका थिए ।

लियोनल मेस्सीले खेलको ५०औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई दुई एक गोलको अग्रता दिलाएका थिए ।

तर खेलको ६२औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मेस्सीले फुटबल करियरमा ७ सय गोलको कोशेढुङ्गा पार गरे ।

बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत रहेका मेस्सीले क्लब र देशका लागि ७ सय गोलको कोशेढुङ्गा पार गरेका हुन् ।

पेनाल्टी गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पुरा गरे ।

एट्लेटिकोसंगको खेलमा प्राप्त भएको बराबरीको नतिजासंगै बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनमाथि दवाब थपिएको छ ।

पछिल्लो खेलको नतिजासंगै उपाधि होडमा रियल मड्रिडको हात माथि परेको छ ।

बराबरीको नतिजासंगै उपाधि होडमा रहेको गम्भीर धक्का बेहोरेको बार्सिलानाले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

बार्सिलोनाले ७० अंक जोडेको छ भने शीर्ष स्थानमा रहेको रियलको ७१ अंक रहेको छ ।

एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ ।

बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ ।

त्यसैगरी अन्य खेलमा सेभिलाले लेगानेसलाई तीन शुन्य गोल अन्तरले हराउँदै शीर्ष चारको दौडमा आफुलाई कायम राख्यो ।

त्यस्तै मालोर्काले सेल्टा डी भिगोमाथि पाँच एक गोल अन्तरको जित निकाल्दै रेलिगेशनबाट जोनबाट आफुलाई बाहिर निकाल्ने प्रयासरत गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV