गण्डकी प्रदेशमा आज २८ कोरोना संक्रमित थपिए


SHARES

कास्की । आज गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपरासी (सुस्ता पूर्व) मा १२ जना, गोरखामा ३ जना, कास्कीमा १ जना, स्याङ्जामा ८ जना, बागलुङमा ३ जना र तनहुँका १ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयलेले जनाए अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा राखिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म दुईजनाको मृत्यु भएको छ भने २१४ जना निको भएका छन ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV