ईयूले विभिन्न १४ मुलुकका लागि आवागमन खोल्यो


SHARES

एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीका कारण अन्य मुलुकहरुसंगको आवागमन बन्द गरेको युरोपीयन युनियनले विभिन्न १४ मुलुकका मानिसहरुको आवागमन खुल्ला गरेको घोषणा गरेको छ ।

तर कोरोना संक्रमणको बढ्दो अवस्थाका कारण अमेरिकाका लागि भने कम्तीमा २ हप्ताका लागि प्रतिबन्ध कायमै रहने ईयुले जनाएको छ ।

त्यसैगरी रुस, ब्राजिल र भारत र पाकिस्तानी नागरिकहरुका लागि पनि प्रतिबन्ध कायमै छ ।

युरोप प्रवेशमा अनुमति दिईएका मुलुकहरुमा अल्जेरिया, अष्ट्रेलिया, क्यानाडा, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, न्युजिल्याण्ड, रुवाण्डा, सर्विया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन ।

युरोपीयन युनियनमा आवद्ध २७ मुलुकमा भ्रमण गर्न पाइने देशहरुको यो सूचीलाई प्रत्येक १४ दिनमा परिमार्जन गरिने युरोपीयन युनियनले जनाएको छ ।

सम्बन्धित मुलुकमा रहेको कोरोना संक्रमणको अवस्थाका आधारमा यो सूचीमा समावेश देशहरुको नाम घटबढ हुन सक्ने डी डब्ल्यु न्युजले जनाएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण १ गते, बिहीबार

menu LIVE TV