सांसद ज्ञानकुमारी छन्त्यालको निधन


SHARES

काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । लामो समयदेखि बिरामी भएर गंगालाल अस्पतालमा भर्ना भएकी छन्त्यालको बिहान नौ बजे निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

समानुपातिक कोटामा नेपाली कांग्रेसबाट सांसद बनेकी छन्त्याल यसअघि संविधानसभा सदस्यसमेत भएकी थिइन् । बागलुङको पश्चिम क्षेत्रको सामाजिक विकासमा छन्त्यालको महत्वपूर्ण योगदान रहेको छ ।

मुटुमा समस्या भएपछि उनको डेढ हप्ताअघि मुटुको शल्यक्रिया गरिएको थियो । ६६ वर्षीया छन्त्याल बागलुङको तमानखोला गाउँपालिका ५ खुंखानीकी स्थायी बासिन्दा थिइन् ।

छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा. शेखर कोइराला, प्रमुख सचेतक बालकृष्ण खाँण लगायतका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस बागलुङले पनि शोक व्यक्त गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल असार २५ गते, बिहीबार

menu LIVE TV