योगेश भट्टराईको सुझाव : ‘ब्लेम गेम र प्रोक्सी वार’को अवस्था अन्त्य गरौं (भिडियो)


SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटामार बुधबार बिहान प्रधनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमीटी सदस्यहरुलाई बोलाइ स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गरेका थिए ।

छलफलमा सहभागी भएका नेताहरुले पार्टीमा ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको मन्त्री भट्टराईले बताए । उनले भने, ‘यो अहिले जुन पार्टी भित्र ब्लेम गेम चलिरहेको छ प्रोक्सी वार चलिरहेको छ यो ब्लेम गेम र प्रोक्सीवारलाई अन्त्य गर्नुप¥यो भन्ने सुझाव हामी सबैले राखेका छौं । घटनाक्रमहरु हेर्दा पार्टीको उच्च नेतृत्वतहमा एउटा चरम संकट खासगरी विश्वासको संकट उत्पन्न भएको देखिन्छ त्यस सन्दर्भमा हामीले भन्यौं यसको समाधान पनि तपाईहरुले आपसि सम्बाद र विमर्स बाहेक अन्यत्र खोज्न सकिदैन् । त्यसैले दुईवटा अध्यक्षको बिचमा एउटा राम्रो हार्दिक सम्बन्ध हुनुपर्यो । पार्टीको सचिवायलमा राम्रो सम्बन्ध हुनुप¥यो । स्थायी कमिटिको बिचमा सम्बन्ध हुनुपर्यो । र, सिंगो केन्द्रीय कमिटी र पार्टी पङ्तिमा एउटा हार्दिक भावना विकास हुनुपर्यो त्यसका निम्ती पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा तपाईले नै ज्यादा पहलकदमी लिनुपर्यो भनेका छौं ।’

 

उनले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भएपनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउन समेत सुझाव दिइएको बताए । उनले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजनतिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिइएको बताए ।

उनले भने, ‘यतिधेरै मृत्युलाई जितेर आउने नेताहरुले आजका यी साना तिना समस्याहरुलाई हल गर्न सकिदैन र हामी विभाजनतिर जान्छौं भन्ने हो भने तपाईहरुको योग्यता माथि गम्भिर प्रश्न उठछ । तपाईहरुलाई खाली कार्यकर्ताले मात्रै प्रश्न उठाउँदैनन, जनताले प्रश्न उठाउँछन, इतिहासले प्रश्न उठाउँछ र तपाईहरुको मृत्युपछि पनि तपाईहरुको जीवनपछि पनि इतिहासले तपाईहरुलाई लखेटिरहन्छ । यो कदम कुनै पनि हालतमा नेकपालाई सैह्य हुँदैन । तपाईहरु सचेत हुनुपर्यो, सम्बाद गर्न पर्यो, छलफल गर्नुपर्यो, समाधान निकाल्नुपर्यो, त्यसमा हाम्रो सहयोग केही चहिन्छ भने हामीलाई बोलाउनुहोस भनेका छौं ।’

मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्नतर्फ ध्यान दिन समेत आग्रह गरिएको बताए । उनले भने, ‘एकपल्ट नेताहरुले आफ्नो इतिहास पढ्नुपर्यो । आफैलाई बुझ्नुपर्यो आफु कसरी आइयो, कुन जगबाट आइयो कसरी सिंहदरबारमा शासन गर्न आइपुगियो ? कसरी पार्टीको अध्यक्ष भइयो ? वरिष्ठ नेता भइयो ? त्यो एकपल्ट वहाँहरुले आफ्नो इतिहास खोतल्नुभयो भने समाधान निस्किन्छ अनि अर्काका दुख, अर्काका पीडा पनि वहाँहरुले बुझ्नुभयो भने फेरी हामी एकैठाउँमा हुन्छौं ।’

हिजोको बैठकमा नेताहरु प्रस्तुत भएअनुसार, वरिष्ठ नेताहरुको बीचमा नै आरोप–प्रत्यारोप भएको स्पस्ट भइसकेको बताए । यसले पार्टीलाई संवेदनशील बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताए । उनले भने, ‘हिजोको बैठकमा कार्यसूचिको अलवा अहिलेका केही ज्वलन्त विषयहरुमा छलफल भयो । त्यो छलफलको क्रममा मुलतः पार्टीका वरिष्ठ नेतारुको बिचमा नै पार्टीका दुईवटा अध्यक्षको बिचमा वरिष्ठ नेताहरुको बिचमा र अरु स्थायी कमिटीका साथिहरुको बिचमा आरोप प्रत्यारोप गर्ने काम भयो र त्यसले बैठकलाई धेरै संवेदनशिल पनि बनायो र सिंगो देशभरका पार्टी सदस्यहरु स्तब्ध भए नेपाली जनता स्तब्ध भए । यो अवस्थामा अव पार्टीलाई कसरी अगाडि बढाउने र हिजोको बैठकको सिन हेर्दाखेरी नेकपा एउटा निकै नै आन्तरिक हिसाबले संकटमा छ भन्ने कुरा सहजरुपमा बुझिन्छ ।’

मन्त्री भट्टराईले समस्याको समाधान पार्टी आफैले गर्न सक्नुपर्ने बताए । अहिले उठेका समस्याहरुलाई हल गर्दै नयाँ जगमा फेरी पार्टीलाई एकतावद्ध बनाउनु पर्ने सुझाव दिएको उनले बताए । उनले पार्टी र सरकारको बीचमा एकदमै समन्वयात्मक र घनिस्ट सम्बन्ध स्थापित हुनुपर्यो । सरकारले पर्टीलाई सहयोग गर्नुपर्यो र पार्टीले सरकारको अपनत्व लिनुपर्यो भन्ने सुझाव दिइएको बताए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV