प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन : ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ (भिडियो)


SHARES

काठमाडौं । युवाहरुको समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

जनचाहनाविपरित सरकार गिराउने खेल भएको भन्दै ती युवाहरुले ओलीको पक्षमा प्रदर्शन गरेका हुन् । देश र जनतासँग स्थायी सरकार बनाउने बाचा गर्दै मत मागेको भन्दै ती युवाहरुले सरकार ढाल्न नपाइने भन्दै नाराजुलुस गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठाइरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

यसैबीच, नेकपाका दोस्रो तहका नेताहरुले पनि शीर्ष नेतालाई मिल्न दवाव दिइरहेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV