नेविसंघका नेतालाई देउवाले थर्काउँदै भने- म चारपटक प्रधानमन्त्री भइसकें, यस्तै पाराले कोही हुन सक्नुहुन्छ ?


SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरुलाई थर्काएका छन् । नेविसंघले शुक्रबार पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा शान्तिबाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा देउवाले सार्वजनिक रुपमा नै थर्काएका हुन् ।

देउवाले सम्बोधनको सुरुमै कोरोना संक्रमणका बेला सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि कार्यक्रममा नेविसंघका नेता/कार्यकर्ताहरु टाँसिएर बसेका भन्दै आपत्ति जनाएका थिए ।

‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन, खतरा रोग आएको छ,’ उनले भने, ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठूलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहनल्नु पर्ने ?’

उनले नेविसंघमा समस्या भएका बताउँदै सबै मिलेको भए यस्तो समस्या नआउने बताए । ‘विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा गर्‍यागर्‍यै छन्,’ उनले भने, ‘म पनि एक समय नेविसंघको सभापति हुँ । चारपटक प्रधानमन्त्री भइसकें । तपाईंहरु कोही हुनसक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन ।’

सभापित देउवाले नेविसंघलाई बलियो बनाउन र स्कुल कलेजमा जित्न आग्रह गरे । स्कुल स्कुलमा संगठन गर्न आग्रह गरे । ‘जहाँ पनि हार्‍याहार्‍यैं छन् । लाज पनि छैन,’ उनले भने, ‘गाउँमा जाऊ, स्कुलमा नेविसंघ बनाएर देखाऊ । केही नगर्ने, अनि मसँग कुरा गर्ने ?’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV