समुद्रबाट सार्कलाई च्यापेर उढ्यो विशाल पंक्षी (हेर्नुहोस् भिडियो)


SHARES

एजेन्सी । यो कुनै जुरासिक पार्कको दृष्य होइन । यो अमेरिकाका बास्केटबल खेलाडी रेक्स च्यापमेनले आफ्नो ट्वीटरमा अपलोड गरेको भिडियो हो । उनले क्याप्सनमा यदी एक पंक्षीलाई सार्कसँगै उड्दै गरेको देख्नुभउको छैन भने समुद्रबाट बाहिरिँदै गरेको यो दृष्य हेर्नुहोस् भनेर लेखेका छन् ।

उनले अपलोड गरेको भिडियोमा प्रस्टरुपमा समुद्राको किनारमा एक विशाल चील जस्तो पंक्षी कतैबाट आएर समुद्र भित्रबाट सार्कलाई आफ्नो पञ्जामा च्यापेर उडिरहेको देख्न सकिन्छ । समुद्रमा नुहाइरहेका मानिसहरु यो दृष्य देखेर आश्चर्यचकित हुँदै हेरिरहेका छन् ।

उनीहरुलाई कुनै पंक्षीले यसरी समुद्रको ठूलो माछालाई उडाएर लगेकोमा विश्वास लागि रहेको छैन । यस दृष्यलाई समाजिक सञ्जालमा मानिसहरुले अत्यधिक मन पराइरहेका छन् ।

हेर्नुहोस् भिडियोः –

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV