कोरोना संक्रमणबाट गोरखामा एक पुरुषको मृत्यु


SHARES

गोरखा । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट गोरखामा एक पुरुषको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षीय पुरुषको आज बिहान ५ः०५ बजे निधन भएको गोरखा अस्पतालका डा. मविन थापाले जानकारी दिए ।

उनी हिजो राति ९ः५५ बजे अस्पताल भर्ना भएका थिए । उनी डायविटिज रोगी रहेको समेत अस्पतालले जनाएको छ ।

उनी कतारबाट फर्किएका र परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । अहिले उनको अन्त्येष्टिका लागि आवश्यक तयारी भइरहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV